मेलम्ची-ज्यामिरे-गुफाडाँडा पर्यटन मार्ग स्तरोन्नति « Khabarhub

मेलम्ची-ज्यामिरे-गुफाडाँडा पर्यटन मार्ग स्तरोन्नति


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोकमेलम्ची–ज्यामिरे–गुफाडाँडा–पर्यटन मार्ग  स्तरोन्नति गरिने भएको छ । आज मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पर्यटन  मार्गअन्तर्गत मेलम्ची–१० को जिरो पोइन्टबाट  स्तरोन्नतिको शिलान्यास गरेका हुन् ।

मेलम्ची नगरपालिकाको रु दुई करोड ५९ लाखको लागतमा गेहेन्द्रलक्ष्मी निमार्ण सेवा तथा जुगल हिमशिखर जेभीले सडक कालोपत्र, ढलान लगायतको काम गर्न लागेको हो । शिलान्यास कार्यक्रममा वडा नं ९ र १० का वडाध्यक्ष किरणदीप खड्का र अमृत खनाल तथा वडा नं १० का पूर्ववडाध्यक्ष भक्तबहादुर खड्का लगायतको सहभागिता थियो । 

जलवायु सम्मेलन भएको पर्यटकीय क्षेत्र गुफाडाँडा जोड्ने सडकमा संघीय सरकारको ध्यान नपुगेपछि नगरपालिकाको बजेटबाट सडक स्तरोन्नतिको काम गर्न लागेको नगरप्रमुख तामाङले बताए।

उनले सङ्घ तथा प्रदेश सरकारले मेलम्चीको विकासमा ध्यान नदिएको भन्दै चुनावमा गरेको प्रतिबद्धता पूरा गर्न सङ्घ तथा प्रदेश सरकारका प्रतिनिधिलाई आग्रह गरे। सडक निर्माणका क्रममा गुणस्तर र परिमाणमा ध्यान दिन तामाङले निर्माण व्यवसायीलाई निर्देशनसमेत दिए। वडा नं ९ का अध्यक्ष खड्काले क्रमशः गुफाडाँडासम्म सडक कालोपत्र तथा ढलान गरिने बताए। 

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ३ : ३५ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई