रुसमा सैनिक विमान दुर्घटना, युक्रेनी युद्धबन्दीसहित ६५ जनाको मृत्यु | Khabarhub Khabarhub

रुसमा सैनिक विमान दुर्घटना, युक्रेनी युद्धबन्दीसहित ६५ जनाको मृत्यु


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसमा सैनिक विमान दुर्घटनामा परेको छ । युक्रेनसँगको सीमानजिकैको बेलगोरोद क्षेत्रमा इल्युशिन आईएल ७६ विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ । दुर्घटनामा परी हालसम्म ६५ जनाको मृत्यु भएको रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

रुसको रिया नोभेस्ती समाचार संस्थाका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा युक्रेनमा जारी युद्धका क्रममा बन्धक बनाइएका युक्रेनी सैनिकहरु पनि छन् । क्षेत्रीय गभर्नर भियाचिस्लाभ ग्लादकोभले घटनाबारे आफू जानकार रहेको बताएपनि थप विवरण दिएका छैनन् ।

त्यसैगरी रुसी प्रशासन क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि घटनाबारे जानकारी प्राप्त भएको बताएका छन् । उनले पनि यसबारे थप विवरण दिएका छैनन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा रुसको याब्लोनोभो गाउँनजिकै विमान दुर्घटनामा पर्नुअघि ठूलो विष्फोटको आवाज सुनिएको थियो ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ३ : ४७ बजे

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार