रुसमा सैनिक विमान दुर्घटना, युक्रेनी युद्धबन्दीसहित ६५ जनाको मृत्यु « Khabarhub

रुसमा सैनिक विमान दुर्घटना, युक्रेनी युद्धबन्दीसहित ६५ जनाको मृत्यु


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसमा सैनिक विमान दुर्घटनामा परेको छ । युक्रेनसँगको सीमानजिकैको बेलगोरोद क्षेत्रमा इल्युशिन आईएल ७६ विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ । दुर्घटनामा परी हालसम्म ६५ जनाको मृत्यु भएको रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

रुसको रिया नोभेस्ती समाचार संस्थाका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा युक्रेनमा जारी युद्धका क्रममा बन्धक बनाइएका युक्रेनी सैनिकहरु पनि छन् । क्षेत्रीय गभर्नर भियाचिस्लाभ ग्लादकोभले घटनाबारे आफू जानकार रहेको बताएपनि थप विवरण दिएका छैनन् ।

त्यसैगरी रुसी प्रशासन क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि घटनाबारे जानकारी प्राप्त भएको बताएका छन् । उनले पनि यसबारे थप विवरण दिएका छैनन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा रुसको याब्लोनोभो गाउँनजिकै विमान दुर्घटनामा पर्नुअघि ठूलो विष्फोटको आवाज सुनिएको थियो ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ३ : ४७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार