पाल्हीनन्दनको नन्दनगर पर्यटकको रोजाइमा « Khabarhub

पाल्हीनन्दनको नन्दनगर पर्यटकको रोजाइमा


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पाल्हीनन्दन पछिल्लो समय पश्चिम नवलपरासीका पर्यटकीय स्थलमा पर्यटकको चाप बढेको छ । प्रायः सुनसान रहने यहाँका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।

पाल्हीनन्दन–६ मा अवस्थित प्राचीन नन्दनगर अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । परासी सदरमुकामबाट करिब सात किलोमिटर दक्षिण पाल्हीनन्दनको सनइ गाउँ नजिकै ऐतिहासिक नन्दनगर अवस्थित छ ।

‘सनइ भन्ने गाउँको पश्चिमतर्फ ऐतिहासिक नन्दनगर छ । प्राचीन नन्दनगरसँग प्राचीन कोलिय गणराज्यको इतिहास जोडिएको जानकारहरु बताउँछन्’, पाल्हीनन्दन–६ का वडाध्यक्ष क्रिसचन्द्र यादवले भने।

यस क्षेत्रको संस्कृति संरक्षण र पुनःउत्थान गर्न रामग्राम–१८ मा रहेको पण्डितपुरबाट नन्दनगरसम्म आनन्द जात्रा निकाल्ने योजना रहेको उनले बताए।

जात्रापछि संस्कृतिका रुपमा नन्दनगर विकसित हुँदै जाने वडाध्यक्ष यादवको विश्वास छ । बौद्धकालीन इतिहाससँग जोडिएका संस्कृतिका सम्पदाको संरक्षण गर्न जात्रा निकालिने उनले जानकारी दिए ।

ऐतिहासिक नन्दनगरको प्राकृतिक मनोरम दृश्वालोकन, सडक सञ्जाल विस्तार, आवास तथा भोजनका लागि होमस्टे (घरबास) सञ्चालन भइरहेकाले आन्तरिक पर्यटकको रोजाइमा नन्दनगर पर्न थालेको वडा सदस्य सुनिता सहानीले बताइन् । यहाँ पर्यटकको आगमन बढेसँगै स्थानीयको आय पनि क्रमशः वृद्धि भएको उनले बताएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ४ : ४३ बजे

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।

मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सजगता अपनाउन आग्रह

चितवन – लगातारको वर्षासँगै पहिरो र ढुंगा खसेपछि मुग्लिन-नारायणगढ सडक

आज श्रावणको तेस्रो सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड (तस्बिरसहित)

काठमाडौँ– चान्द्रमासअनुसार आज श्रावण महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका

शिक्षासहित चारवटा समितिका बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिका बैठक बस्दैछन्