भोजपुरका तीन स्थानमा कुलो निर्माण « Khabarhub

भोजपुरका तीन स्थानमा कुलो निर्माण


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

टक्सार– साना सिँचाइ कार्यक्रमअन्तर्गत यहाँ एकैसाथ तीन कुलो निर्माण सुरु छ । भोजपुर नगरपालिका–८ एकैपटक तीन वटा पक्की कुलो बन थालेपछि किसान उत्साहित बनेका छन् । कुलो बनेसँगै सहजरुपमा हिउँदे तथा बर्खे खेती गर्न पाइने भएपछि कृषकमा उत्साह थपिएको हो । 

सिँचाइ अभावमा वर्षाको भरमा खेती गर्न बाध्य यहाँका किसान व्यवस्थित पक्की कुलो बनेपछि खेतीमा सहजता देखिएको स्यालेखण्ड सिँचाइ कुलो निर्माण समितिका अध्यक्ष भगिरथ कठेतले बताए। उनका अनुसार बन्दै गरेको कुलोले करिब तीन सय बढी रोपनी खेतीमा सहजता हुनेछ ।

केन्द्र, प्रदेश र नगरपालिकाको २० प्रतिशतका दरले र स्वीस सरकारको ३० प्रतिशत अनुदान र स्थानीय कृषकको १० प्रतिशत लगानीमा तीन वटा कुलो निर्माण भइरहेका छन् । वडाभित्र हाल साना सिँचाइ आयोजनामार्फत ढुङ्ग्रेवास, स्यालेखण्डभैसरा सिँचाइ कुलो निर्माणको चरणमा छन् । 

तीन वटै कुलोका काम अहिले तीव्ररुपमा अगाडि बढिरहेको वडाध्यक्ष नवीन प्रधानले बताए। उनका अनुसार निर्माणाधीन तीन वटै कुलो बनेपछि करिब एक हजार बढी रोपनी क्षेत्रफलमा सिँचाइको पहुँच पुग्नेछ । 

जनप्रतिनिधिसहित वडाका सरोकारवालाको सहभागितामा निर्माणको अनुगमन तथा निरीक्षण पनि निरन्तर भइरहेको छ । बनिरहेका कुलोमा उपभोक्ता आफैँ खटेकाले गुणस्तरीय काम भइरहेको अनुगमन समितिका सदस्य लक्ष्मण भुजेलले बताए । 

कृषकका लागि आएको उक्त आयोजनामा उहाँहरु आफैँ उत्साह र मेहनतका साथ प्रत्यक्ष सहभागिता जनाउनु प्रशंसनीय काम भएको समितिका सदस्य कुमार खड्काले बताए। कुलो निर्माण भएपछि धान खेतीका साथै अन्य बाली लगाउन पनि कृषकलाई सहजता हुने स्थानीय खम्बबहादुर बानियाँले बताए। 

दीर्घकालीनरूपमा कुलो प्रयोगमा आउने गरी निर्माणमा आफैँ लागिपरेकाले निर्माण गुणस्तरीय बनाइने ढुङ्ग्रेवास सिँचाइ कुलोका अध्यक्ष शम्भु खड्काले बताए । 

उनले भने, ‘निर्माण गुणस्तरीय बनाउनका लागि आफैँ कृषक संलग्न भएर काम गरिरहेका छौँ । वर्षौँपछि कुलो बन्न लागेको छ यो हाम्रो लागि गौरवको विषय हो ।’

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ५ : ०६ बजे

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।

मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सजगता अपनाउन आग्रह

चितवन – लगातारको वर्षासँगै पहिरो र ढुंगा खसेपछि मुग्लिन-नारायणगढ सडक

आज श्रावणको तेस्रो सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड (तस्बिरसहित)

काठमाडौँ– चान्द्रमासअनुसार आज श्रावण महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका