आज २०८० साल चैत ११ गते आइतबारको राशिफल « Khabarhub

आज २०८० साल चैत ११ गते आइतबारको राशिफल


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल चैत ११ गते आइतबार तदनुसार सन् २०२४ मार्च २४ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : साथीसँगको भेट रमाइलो हुनेछ। मन शान्त हुनेछ। बिना प्रतिस्पर्धा फाइदा हुने योग छ। पुरानो सम्बन्धको सम्झना रमाइलो हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ।

वृष : दैनिकी सामान्य छ। बोल्दा ख्याल गर्नु राम्रो हुन्छ। आफन्तसँगै विवाद हुनसक्छ। हरेक काम गर्दा सचेत भएर अगाडि बढ्नु राम्रो हुन्छ। खानापानमा ख्याल नगरे पुरानो रोगले सताउने छ।

मिथुन : दिन राम्रो छ। बौद्धिक व्यक्तिसँग संगत हुनेछ। राजनीतिमा सफलता हात लाग्ने योग छ। जुनसुकै काम गर्दा पनि हिम्मत गर्नुपर्ने देखिन्छ। शेयर र चिट्ठामा फाइदा हुनेछ।

कर्कट : समय राम्रो छ। लामो समयदेखि रोकिएका काम बन्नेछन्। तपाईंको बोलीको प्रभाव समाजमा देखिन्छ। शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। घर र समाजमा सकारात्मक प्रभाव पर्नेछ।

सिंह : दिन राम्रो छ। सोचेको काम बन्नेछ। व्यापारमा फाइदा हुनेछ। धर्ममा मन जानेछ। मनले खाएको मान्छेसँग भेट हुनेछ। साथीहरुले सहयोग गर्नेछन्। परिवारको समझदारीमा अगाडि बढ्नु राम्रो हुन्छ।

कन्या : दैनिकी सामान्य छ। स्वास्थ्यमा गढबढी हुनसक्छ। दोधार मनले गर्दा काम नबन्ने खतरा छ। चुनौतीपूर्ण दिन भएकाले गलत निर्णय हुनसक्छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ। स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

तुला : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। भोजमा सहभागी हुने अवसर प्राप्त होला। बौद्धिक व्यक्तिसँगको भेटले दिन फलदायी हुनेछ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

वृश्चिक : समय राम्रो छ। सोचेको काम बन्नेछ। आर्थिक क्षेत्रमा उन्नति हुनेछ शुभ समाचार सुन्ने अवसर प्राप्त हुनेछ। लगानी गरेको भए शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। लामो समयको संघर्षपछि न्याय मिल्नेछ। रोजगारीको अवसर सिर्जना हुनेछ। साथीले सहयोग गर्ने योग छ।
तपाईले गरेको लगानीबाट सन्तोष मिल्नेछ।

मकर : घरको विवादले मन खिन्न हुनेछ। दिन सामान्य छ। मन खुशी राख्न योग र ध्यान गर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रबाट राम्रो आम्दानी हुने योग छ। खानपानमा ख्याल गरेमा स्वास्थ्य लाभ प्राप्त हुनेछ।

कुम्भ : आजको दिन राम्रो छ। सम्मान प्राप्त हुने दिन छ। धेरै अवसर एकसाथ अगाडि देखिने छन्। नयाँ कामको थालनी हुने योग छ। परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ।

मीन : समय राम्रो छ। साथीसँग रमाउने दिन हो। साथी र दाजुभाइले सहयोग गर्नेछन्। मन खुशी हुनेछ। लगानीको क्षेत्रबाट उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ५ : १७ बजे

कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका

अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड

घोडाघोडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

एजेन्सी– भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या

नाडाको ५०औँ स्थापना दिवसमा ‘५० वर्षको सहयात्रा’ वाकाथन आयोजना

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो ५०औँ स्थापना

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

मान्म– तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत