आज विश्व क्षयरोग दिवस, हरेक वर्ष १७ हजार नेपालीको अकालमै मृत्यु « Khabarhub

आज विश्व क्षयरोग दिवस, हरेक वर्ष १७ हजार नेपालीको अकालमै मृत्यु


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज विश्व क्षयरोग दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ । यो दिवस हरेक वर्ष मार्च २४ का दिन विश्वभर मनाउने गरिन्छ । यस वर्ष दिवसको नारा ‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ भन्ने तय गरिएको छ ।

नेपालमा ४५ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँच बाहिर रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ । क्षयरोगको उपचार र औषधि निस्शुल्क रहेको भए पनि क्षयरोग लागेकाप्रति समाजको नकरात्मक दृष्टिकोण बाँकी रहनु र लामो समय नियमित औषधि प्रयोग गर्नुपर्ने भएकाले कतिपय बिरामी उपचारको पहुँचमा नपुग्ने गरेका हुन् ।

केन्द्रको तथ्याङ्क अनुसार गएको वर्ष मात्रै नेपालमा ३७ हजार भन्दा धेरै नयाँ बिरामी थपिएका छन् । पहिचान भएका बिरामीमध्ये ७२ प्रतिशत फोक्सो र २८ प्रतिशत विभिन्न अङ्गका क्षयरोगी छन् ।

नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ ।

क्षयरोग मानव जातिमा देखा परेका विभिन्न रोगहरुमध्ये सबैभन्दा पुरानो रोगमध्येमा पर्दछ । सन् १८८२ मार्च २४ का दिन डा. रोबर्ट कोचले क्षयरोगको कीटाणु पत्ता लगाएका थिए ।

यसपछि मात्र यो रोगकाबारे जनचासो बढेको र वैज्ञानिकहरूले थप अनुसन्धान गरेको पाइन्छ । यो रोग श्वासप्रश्वासको माध्यमबाट एक मानिसबाट अर्को मानिसमा सर्ने रोगको रुपमा परिभाषित भएकाले आजका दिनसम्म यसैलाई आधार मानेर यसको पहिचान निदान र उपचार भैरहेको छ ।

नेपालमा औपचारिक रुपमा क्षयरोगको उपचार सन् १९३७ बाट भएको देखिन्छ । सन् २०१८ भन्दा अघिका वर्षहरूमा नेपालमा औसतमा वार्षिक रुपमा करिब ४५ हजार जति नयाँ क्षयरोगका बिरामीहरू देखापर्ने अनुमानका आधारमा नीति योजना र कार्यक्रम बनाएर उपचार गर्ने गरेको देखिन्छ ।

यही सर्वेक्षणले नेपालमा क्षयरोगका कारणले हरेक वर्ष करिब १७ हजार नेपाली नागरिकले अकालमा ज्यान गुमाउने गरेको तथ्य पनि देखाएको छ । यो मृत्युको संख्या अनुमानित जम्मा नयाँ बिरामीको संख्याको करिव २५ प्रतिशत हुन आउँछ ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ९ : २८ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा