युक्रेनद्वारा क्रिमियामा दुई रूसी जहाजमाथि आक्रमण « Khabarhub

युक्रेनद्वारा क्रिमियामा दुई रूसी जहाजमाथि आक्रमण


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

किएभ– युक्रेनको क्रिमियाली क्षेत्रमा तैनाथ दुई रूसी सैन्य जहाजमाथि आक्रमण गरेको युक्रेनले दाबी गरेको छ ।

सञ्चार केन्द्र र ब्ल्याक सी क्षेत्रका धेरै पूर्वाधारहरूमा सफलतापूर्वक प्रहार गरेको समुद्र, जमिन र आकाशमा आक्रमण गर्न रूसी सेनालाई सघाउने जहाज ‘यामाल’ र ‘अजोभ’ लाई आक्रमण गरेको युक्रेनी सशस्त्र बलको रणनीतिक सञ्चार केन्द्रले आइतबार जनाएको छ ।

रूसले सन् २०१४ मा कब्जा गरेको उक्त प्रायद्वीपमा शनिबार राति युक्रेनको ठूलो हवाई आक्रमणलाई आफ्नो सेनाले प्रतिकार गरेको मस्कोस्थित रूसी अधिकारीहरूले बताएका छन् ।

रूसले नियुक्त गरेको सेवस्तोपोलका गभर्नर मिखाइल रज्भोझायेभले टेलिग्रामपोस्टमा लेखेका छन्, ‘यो पछिल्लो समयको सबैभन्दा ठूलो आक्रमण हो ।’

उनका अनुसार आक्रमणका क्रममा ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । उनले रूसी युद्धपोतमा कुनै क्षति भएको वा नभएको भन्ने बिषयमा केही बताएनन् ।

सामाजिक सञ्जालमा साझा गरिएको फुटेजमा शहरमा ठूलो विष्फोट भएको, आगोको गोला र कालो धुवाँको मुस्लो हावामा उडिरहेको र रूसी हवाई प्रतिरक्षाले भित्रिने प्रक्षेपणलाई रोकेको देखिएको छ ।

युक्रेनले युद्ध सुरु भएदेखि नै रूसको ‘ब्ल्याक सी’ क्षेत्रको करिब एक तिहाइ भाग नष्ट गरेको दाबी गर्दै आएको छ ।

भूउपग्रहबाट प्राप्त तस्वीरमा रूसले आफ्ना अधिकांश जहाजलाई पूर्वतर्फ नोभोरोसिस्क बन्दरगाहमा सारेको देखिएको छ । मस्कोले हालै आफ्नो नौसेना प्रमुखलाई हटाएको छ ।

युक्रेनको राजधानी किएभ र पश्चिमी क्षेत्र एल्भिभमा पनि आइतबार बिहानै रूसी हवाई आक्रमण भएको अधिकारीहरूले बताएका छन् ।

युक्रेनको वायु सेनाका अनुसार रूसले आफ्नो भूमिमा २९ वटा क्रुज क्षेप्यास्त्र र २८ वटा ड्रोन प्रहार गरेको छ । उसले १८ वटा क्षेप्यास्त्र र २५ वटा ड्रोन खसालेको जनाएको छ ।

रूसले हालैका दिनहरूमा युक्रेनविरुद्ध आफ्नो हवाई आक्रमणलाई उल्लेखनीय रूपमा बढाएको छ, जुन उसको सीमावर्ती क्षेत्रहरूमा युक्रेनी आक्रमणको लहरको प्रतिशोध हो ।

मस्कोले युक्रेनको ऊर्जा क्षेत्रमा युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो हवाई आक्रमण (करिब ९० वटा क्षेप्यास्त्र र ६० वटा ड्रोन प्रहार) गरेको थियो ।

रूसले पनि किएभलाई लक्षित गरी पुनः आक्रमण सुरु गरेको छ र फेब्रुअरीको सुरुदेखि नै यस सहरमा पहिलो पटक आक्रमण गरेको छ ।

युक्रेनी सैन्य प्रशासनका किएभ प्रमुख सर्गी पोप्कोले रूसले कुनै पनि हालतमा किएभलाई नष्ट गर्ने आफ्नो लक्ष्यलाई निरन्तरता दिइरहेको बताउनुभएको छ ।
–––

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ४ : ५१ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी