बसन्तपुरमा बेग्लै संसार (फोटो फिचर) « Khabarhub

बसन्तपुरमा बेग्लै संसार (फोटो फिचर)



काठमाडौं- संघीय राजधानीको ऐतिहासिक एवं सांस्कृतिक स्थल बसन्तपुर दरबार परिसरमा आइतबार नेपाली मात्र होइन, विभिन्न देशबाट आएका पर्यटकहरु पनि होलीको रंगमा रंगिए । पर्यटकको सेतो अनुसार रंगीविरंगी बन्यो । यहाँको दृश्य हेर्दा यस्तो लाग्थ्यो, संसारले होली मनाइरहेको छ ।

देशमा निराशा बढेको, विदेशी पर्यटकहरु बढ्न नसकेको र नेपालको सामाजिक– राजनीतिक वातावरण घुमफिरका लागि लायक नभएको भन्नेजस्ता नकारात्मक प्रचार र भावलाई बसन्तपुरको यो रौनकले थोरै भए पनि चिरेको अनुभूति गर्न सकिन्छ ।

हरेक वर्षको होलीमा काठमाडौं उपत्यकाभित्र विभिन्न कार्यक्रम र कन्सर्ट हुने गर्छन् । त्यसमध्ये पनि बसन्तपुरको रौनक सधैं स्मरणीय हुने गर्छ ।

आइतबार दिउँसो बसन्तपुरमा होलीको रौनकमा झुमिरहेका विदेशी पर्यटक र स्वदेशी नागरिक अनि संस्कृतिकर्मीका केही दृश्य हामीले समेटेका छौं ।

यो पनि-
सडकमा पोखिएको बिन्दास पुस्ता (१६ तस्बिर)

फेरिएको काठमाडौं : त्यो लोला आतंक, यो ‘ह्याप्पी होली’

 

 

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ६ : ४४ बजे

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार