सुदूरपश्चिममा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु « Khabarhub

सुदूरपश्चिममा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– कैलालीको भजनी नगरपालिका–२ रजवाराका १३ वर्षीया बालिका ममताविकको नजिकैको काँडा नदीमा नुहाउने क्रममा आज डुबेर मृत्यु भएको छ ।

डुबेर गम्भीर घाइते भएकी उनीको भजनीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो ।

भजनी– सुख्खड सडक खण्डमा से१त ८६३५ नंको ट्र्याक्टरले ठक्कर दिँदा घाइते भएका सुपप्र ०१०१० प ९०६८ नंको मोटरसाइकलका चालक भजनी नगरपालिकाका २५ वर्षीय धिरज चौधरीको उपचारका क्रममा मृत्यु भएको छ । ठक्कर दिएर फरार ट्र्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी, कैलालीको चुरेपहाडी क्षेत्र मोहन्याल गाउँपालिका–३ मा रहेको साँघुरो खोलामा आजै एक व्यक्ति मृतावस्थामा भेटिएका छन् ।

सुर्खेत घर भई हाल मोहन्यालमा बस्दै आएका ४२ वर्षीय भक्तबहादुर रानामगर उक्त खोलामा मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ७ : ३५ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००