सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रतिबद्धता « Khabarhub

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रतिबद्धता


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गण्डकी । सामुदायिक विद्यालयमा विद्यार्थी तथा अभिभावकको आकर्षण बढाउन पोखरा महानगरपालिका–९ वडा कार्यालयले नौबुँदे प्रतिबद्धता जारी गरेको छ । सामुदायिक विद्यालय प्रदान गरेको शिक्षाका सम्बन्धमा वडा कार्यालयलले चासो देखाउँदै विद्यालयलाई अब्बल बनाउन के गर्न सकिन्छ भन्ने विषयमा गुनासा, सुझाव र अपेक्षा सङ्कलनसहित प्रतिबद्धता जारी गरेको हो ।

विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, अभिभावक, टोल विकास संस्था र वडा कार्यालयको भूमिकामा समूहगत छलफल गर्दै गोष्ठी प्रस्तुतिमा आएका सुझावलाई नयाँ शैक्षिक सत्रदेखि कार्यान्वयन गर्न/गराउन सहमत भई प्रतिबद्धतामा हस्ताक्षर गरिएको हो ।

प्रतिबद्धतापत्रमा वडाअध्यक्ष दीपेन्द्र मर्सानी, सदस्यहरू गीता चर्माकार, नन्दराम गिरी, भावना श्रेष्ठ र लक्ष्मी पहारीको रोहवरमा वडाभित्रका सामुदायिक विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापकले हस्ताक्षर गरेका छन् ।

प्रतिबद्धतामा वडा कार्यालयले आगामी शैक्षिक सत्रदेखि शिक्षा क्षेत्रमा न्यायोचित बजेट विनियोजन गर्ने, अभिभावकलाई वडा शिक्षा समितिमार्फत अभिभावक शिक्षा सञ्चालन गर्ने, पोखरा महानगरपालिकाको शिक्षा महाशाखाको समन्वयमा विद्यालय व्यवस्थापन समिति र शिक्षकलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने उल्लेख छ ।

त्यसैगरी, प्रधानाध्यापकहरूले वार्षिक शैक्षिक कार्ययोजना निर्माण गरी लागू गर्ने, कार्यसम्पादनका आधारमा उत्कृष्ट शिक्षकलाई सम्मान गर्ने, विद्यार्थीले कठिन ठानेका विषयमा आवश्यकताअनुसार अतिरिक्त कक्षा सञ्चालन गर्ने, विपन्न विद्यार्थी पहिचान गरी आयआर्जनका लागि सीपमूलक र उद्यमशीलता तालिम सञ्चालन गर्ने, अतिरिक्त सृजनात्मक क्रियाकलाप सञ्चालन गर्न शिक्षकको व्यवस्थापन गर्ने, वडाभित्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई एकरूपताका लागि एकै प्रकारको ‘ब्याच’को व्यवस्थापन गर्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ८ : २१ बजे

सुनसरी १ बाट संसदीय चुनाव लड्ने हर्क साम्पाङको घोषणा

सुनसरी- श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका प्रमुख

भेनेजुएला विदेशी नियन्त्रणमा छैन : कार्यवाहक राष्ट्रपति रोड्रिगेज

एजेन्सी– भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देश कुनै पनि विदेशी

सवारी साधनबाट हुने वायु प्रदूषण न्यूनीकरण गर्न सडकमै आकस्मिक चेकजाँच (तस्बिरहरू)

काठमाडौं– सवारी साधनबाट वायु प्रदूषणमा पर्ने असर घटाउन वातावरण विभागले

खोला-सडक मापदण्ड गैरन्यायिक भन्दै काठमाडौंमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन

काठमाडौं– गैर न्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको

गगनको गुनासो : कांग्रेसमा विश्वप्रकाश र मलाई हेपियो, अब चुप लागेर बस्दैनौँ

काठमाडौं- नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले माघ ११ गते हुन