इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल « Khabarhub

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीलाई ५–० गोलले हराउँदै आर्सनलले जित निकालेको हो ।

आर्सनलका लागि बेन ह्वाइट र काइ हाभार्ट्जले दुई–दुई तथा लेआन्द्रो ट्रोसार्डले एक गोल गरेका थिए ।

आर्सनलका ट्रोसार्डले खेलको चौथो मिनेटमा सुरुवाती गोल गरेका थिए । यस्तै, ह्वाइटले ५२औँ७०औँ तथा हाभार्ट्जले ५७औँ र६५औँ मिनेटमा गोल गर्दै आर्सनललाई ५–० गोलको जित दिलाए ।

आर्सनल ३४ खेलबाट ७७ अंक जोडेर तालिकाको शीर्षस्थानमा रहेको छ । पराजित भएको चेल्सी ३२ खेलबाट ४७ अंकसहित नवौँ स्थानमा छ । यस्तै, दोस्रो स्थानमा रहेको लिभरपुलको ७४ अंक छ ।

 

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ७ : १७ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण