कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै, विभिन्न सम्झौतामा हस्ताक्षरको तयारी | Khabarhub Khabarhub

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै, विभिन्न सम्झौतामा हस्ताक्षरको तयारी


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको दुई दिने भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज भेटवार्ता हुँदैछ ।

उनीहरुबीच होटल सोल्टीमा बिहान साढे १० बजे हुने द्विपक्षीय भेटवार्ता हुन लागेको हो । भेटवार्तापछि दुवैजना द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् । दुवै देशका प्रतिनिधिमण्डलसहितको भेटवार्तामा आज विभिन्न ११ सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार अल थानीको भ्रमणको क्रममा नेपालले कतारसँग नयाँ श्रम सम्झौता गर्ने तयारी गरेको छ । १९ वर्षअघि सन् २००५ मा नेपाल र कतारबीच श्रम सम्झौता भएको थियो ।

यो अवधिमा परिवेश फेरिइसकेकाले नयाँ श्रम सम्झौता गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ । कतार नेपाली श्रमिकहरुको मुख्य गन्तव्य मूलुक हो । यहाँ हाल झण्डै तीन लाख ७० हजार नेपाली श्रमिक कार्यकरत छन् ।

सम्झौतामा हस्ताक्षर पछि अमिर अल थानी मध्याह्न १२ बजे प्रधानमन्त्री दाहालले होटल द्वारिकाजमा आयोजना गरेको दिवा भोजमा सहभागी हुनेछन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा नेपालको राजकीय भ्रमणका लागि हिजो काठमाडौँ आएका अमिर अलथानीले राष्ट्रपति पौडेलसँग हिजो नै भेटवार्ता गरिसकेका छन् ।

भेटका क्रममा अलथानीले जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसको न्यूनीकरणसम्बन्धी सम्झौताहरुको सबै मिलेर पालना गरे राम्रो परिणाम आउन सक्ने बताएका थिए ।

यस्तै उनले नेपालसँग अझ राम्रो सम्बन् स्थापित गरेर सहयोगका क्षेत्रहरु फराकिलो बनाउँदै लैजाने उद्देश्य रहेको उल्लेख गरेका थिए । उनले इजरायल–हमास युद्धका क्रममा अपहरणमा परेका विद्यार्थी विपिन जोशीको रिहाइका लागि सक्दो पहल गर्ने आश्वासन समेत दिएका छन् ।

राष्ट्रपति पौडेलले अलथानीको सम्मानमा हिजो रात्रिभोजको आयोजना गरेका थिए । अमिर अलथानी आज दिउँसो २ बजे कतारको दोहाका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ८ : २४ बजे

जगदीश्वरको नेतृत्वमा सडकमा निस्किए कांग्रेस कार्यकर्ता

काठमाडौँ- नेपाली कांग्रेसका नेता-कार्यकर्ताले शुक्रबार काठमाडौँको सामाखुसी चोकमा पार्टीको झण्डासहित

जेन-जीको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो, १७ सय बढि घाइते

काठमाडौं– जेन-जीको दुई दिने प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६

जेन-जी आन्दोलनमा दोलखाका तीन जनाले गुमाए ज्यान

दोलखा– जेन-जीहरुको आन्दोलनमा परेर दोलखाका तीन जनाले ज्यान गुमाएका छन्

जेन-जीको आन्दोलनमा निजी क्षेत्रमा भएको क्षतिप्रति महासंघ दुख व्यक्त

काठमाडौं– जेन-जी पुस्ताले मुलुकभर चलाएको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति

रविको फोटोसहित सडकको पर्खालमा टाँसियो- नख्खुबाट कैदी भागेकाे सूचना

काठमाडौँ- गत मंगलबार देशभर भएको विध्वंसको फाइदा उठाउँदै हुलहुजज्जतसहित नख्खु