गोरखा भूकम्पको ९ वर्ष : बारपाककाे फेरियो स्वरूप (तस्बिरहरु) | Khabarhub Khabarhub

गोरखा भूकम्पको ९ वर्ष : बारपाककाे फेरियो स्वरूप (तस्बिरहरु)


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

गोरखा– २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएको ९ वर्ष भएको छ ।

७.८ म्याग्निच्यूटको भुकम्पले करिव ९ हजार मानिसको ज्यान लिएको थियो भने गोरखा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, र उपत्यकाका तीन वटै जिल्लामा नराम्रोसँग क्षति भएको थियो ।

करिव १५ सय भन्दा बढि घरघुरी, अधिकांश मानिसहरु बेलायती सेना र भारतीय सेनामा कार्यरत, मानिस नै अलमल पर्ने बाक्लो बस्ती, ढुङ्गाले छाएको घर, बाटोभरि ढुंगा विछ्याइको सुन्दर गाउँको रुपमा परिचित बारपाक २०७२ सालको भूकम्पपछि भने फेरिएको छ ।

मौलिकता मासिएको छ, परिचय फेरिएको छ, भुकम्पको केन्द्रविन्दु बारपाक । आजभोली बारपाक घुम्न विभिन्न जिल्ला र विभिन्न देशबाट मानिसहरू पुग्ने गर्दछन् ।

सडक सञ्जालले जोडिएको र सुविधासम्पन्न होटलहरु खुलेकाले बारपाक पर्यटकका लागि घुम्ने नयाँ गन्तव्य बनेको छ । परम्परागत ढुंगाले छाइएको घरको सट्टा आधुनिक र पक्की घरहरु निर्माण गरिएको छ । ढुंगा छापिएका बाटो मोटर बाटोमा परिणत भएका छन् ।

९ वर्ष अगाडि भूकम्पले मानसिक र शारीरिक रुपमा पुर्याएको घाउका टाटाहरु मात्र बाकी छन् बारपाकबासीको मनमा, दैनिकी सामान्य बन्दै गएको छ ।

 

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  १० : ४९ बजे

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।