नेपाल र कतारको प्रतिनिधिमण्डलबीच भेटवार्ता जारी « Khabarhub

नेपाल र कतारको प्रतिनिधिमण्डलबीच भेटवार्ता जारी


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई दिनको नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिद हमाद अल थानीको प्रतिनिधिमण्डल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको नेपाली टोलीबीच द्विपक्षीय भेटवार्ता जारी रहेको छ ।

प्रधानमन्त्री दाहाल र कतारी अमिर अल थानीको वान टु वान भेटपछि होटल सोल्टीमा द्विपक्षी प्रतिनिधिमण्डलको भेटवार्ता सुरु भएको हो ।

द्विपक्षीय वार्तामा कतारी मन्त्रीका साथै उच्च पदस्थ अधिकारी र नेपालका उपप्रधानमन्त्रीसहित मन्त्रीहरु सहभागी छन् ।

यो भेटवार्ता पछि नेपाल र कतारबीच सहयोग आदानप्रदानबारे केही सहमति र सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।

हस्ताक्षर कार्यक्रमपछि प्रधानमन्त्री दाहालले अमिर थानीको सम्मानमा होटल द्वारिकामा दिवा भोजको आयोजना गरेका छन् । थानी आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ११ : ५० बजे

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान