भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा « Khabarhub

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम क्वाटर फाइनल खेलमा आयोजक भोजपुर जिल्ला फुटबल सङ्घलाई घरेलु मैदानमै हराउँदै चर्च व्बाइज युनाइटेड काठमाडौँ सेमिफाइनल प्रवेश गरेको छ ।

आयोजक भोजपुरको टिमलाई ३–० गोलले पराजित गर्दे चर्च व्बाइज युनाइटेडले सेमिफाइनलको यात्रा तय गरेको हो । भोजपुर नगरपालिका–७, कोदार रङ्गशालामा सञ्चालन भएको खेलमा चर्च व्बाइज युनाइटेडका तर्फबाट जर्सी नम्बर ३ का इलारा एस डिक्काले खेलको ५ औं मिनेटमा पहिलो गोल गरेका थिए ।

यसैगरी जर्सी नम्बर ७ का अबोयोमीले खेलको ११ आँै मिनेटमा दोस्रो गोल र जर्सी नम्बर ११ का नवीन लामाले खेलको ७७ औं मिनेटमा तेस्रो गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच चर्च व्बाइज युनाइटेड काठमाडौँका जर्सी नम्बर ११ का खेलाडी नवीन लामा भएका छन् । उनले नगद रु पाँच हजारका साथमा मेडल पाएका छन् ।

प्रतियोगिताअन्तर्गतको आइतबारको पहिलो खेलमा त्रिभुवन आर्मीले भारतको जर्जियन फुटबल क्लबलाई ४–० गोल गर्दै सेमीफाइनल प्रवेश गरेको छ भने सोमबारको दोस्रो खेलमा राजारानी फुटबल क्लबलाई २–१ अन्तरले हराउँदै खोटाङ भगवती स्पोर्ट्स क्लब र मङ्गलबार भएको तेस्रो खेलमा डाँगीहाट युथ क्लब मोरङलाई ४–० गोलले पराजित गर्दै सलहेश युवा क्लब सिरहाले सेमिफाइनलको यात्रा तय गरेको थियो ।

प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाडौं , चर्च व्बाइज युनाइटेड काठमाडाँै, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट युथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, खोटाङ भगवती स्पोर्ट्स क्लब र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सहभागिता जनाएका छन् ।

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद रु पाँच लाख र तीन लाख पाउने जिल्ला फुटबल सङ्घ भोजपुरका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

बिहीबारको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब काठमाडौँ र खोटाङ भगवती स्पोर्ट्स क्लबबीचमा हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए । फाइनल खेल यही वैशाख १५ गते हुनेछ । करिब रु ४९ लाख २५ हजार पाँच सयको लागतमा गोल्डकप आयोजना भएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ९ : २४ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र