सन्दीपबारे आलोचनात्मक टिप्पणी गर्दा अभयालाई गालीको वर्षा « Khabarhub

सन्दीपबारे आलोचनात्मक टिप्पणी गर्दा अभयालाई गालीको वर्षा


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अहलेकी चर्चित रक गायिका एवम् भ्वाइस अफ नेपालकी पूर्वनिर्णायक अभया सुब्बाले क्रिकेटर सन्दीप लामिछानेबारे आलोचनात्मक टिप्पणी गर्दा सामाजिक सञ्जालमा चर्को गाली खानु परेको छ ।

युवती बलात्कार अभियोगमा उच्च अदालत पाटनबाट सफाइ पाएका सन्दीपबारे उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एउटा टिप्पणी लेखेकी थिइन् ।

जसमा उनले सन्दीपको घुमाउरो आलोचना गर्दै उनलाई समर्थन गर्नेहरूले आफूलाई फेसबुकबाट अनफ्रेन्ड गरे हुने सन्देश छाडेकी थिइन् ।

अमेरिकाले भिसा नदिएका कारण तनावमा रहेका सन्दीपबारे अभयाले तिखो टिप्पणी गर्दै अनफ्रेन्ड गर्न भनेपछि समर्थकहरू उनीविरूद्ध खनिएका छन् ।

यही जेठ २ गते उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ पाइसकेका सन्दीपबारे ढिलो गरी अभयाले आफ्नो भनाइ सार्वजनिक गरेकी थिइन् । अदालतले सफाइ दिए पनि उनलाई यौन हिंसामा संलग्न व्यक्तिका रुपमा हेर्नुपर्ने आशयसहित अभयाले फेसबुकमा लेखेपछि सन्दीपका फ्यान तातिएका हुन् ।

‘सन्दीप लामिछानेका सबै फ्यान र समर्थकहरूले मलाई अनफ्रेन्ड गरिदिनु होला,’ उनले लेखेकी थिइन्, ‘म मेरो वरिपरि यी नीच अनुयायीहरू हुनुभन्दा केही असल साथीहरू होउन् भन्ने चाहन्छु ।’

बिहीबार उनले यो पोस्ट गरेपछि उनलाई सामाजिक सञ्जालमा ट्रोलमात्रै गरिएन, गालीको वर्षा नै भएको छ । अभयालाई फेसबुकमा मेन्सन गर्दै केहीले उनको भनाइको आलोचना गरेका छन् भने अधिकांशले अपाच्य र तथानाम शब्दसहित गाली गरिरहेका छन् ।

सुब्बाको उक्त पोस्टलाई लिएर केही अभियन्ता र अधिकारकर्मीहरूले समर्थन र प्रशंसा पनि गरकेा छन् । तर धेरैजसोले चर्को आलोचना र गाली गरेपछि अभयाले उक्त विवादित पोस्ट हटाइसकेकी छन् ।

थेगिनसक्नु गाली खानु परेपछि अभयाले बिहीबार सन्दीपबारे गरिएको उक्त आलोचनात्मक टिप्पणीसहितको फेसबुक पोस्ट नै डिलिट गरेकी छन् । तर उनका अन्य पोस्टमा पनि अभद्र र अश्लील गाली दिने क्रम जारी छ । उनको उक्त पोस्टपछि ‘तिमी भारतीय नागरिकलाई नेपालबारे के चासो ?’ जस्ता प्रश्नसहित गाली गरिएएको छ ।

जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएर ८ वर्ष जेल सजाय पाएका सन्दीपलाई उच्च अदालतबाट निर्दोष ठहर भइसकेका छन् । तर अदालतको निर्णयमा रोष प्रकट गर्दै सन्दीपका फ्यानहरू आफ्नो छेउ नपरेको आशयको चेतावनी पनि अभयाले दिएकी थिइन् ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  २ : ४० बजे

अफगानीस्तानले ड्रोन आक्रमण गरेको पाकिस्तानको दावी

एजेन्सी– पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।