सन्दीपबारे आलोचनात्मक टिप्पणी गर्दा अभयालाई गालीको वर्षा « Khabarhub

सन्दीपबारे आलोचनात्मक टिप्पणी गर्दा अभयालाई गालीको वर्षा


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अहलेकी चर्चित रक गायिका एवम् भ्वाइस अफ नेपालकी पूर्वनिर्णायक अभया सुब्बाले क्रिकेटर सन्दीप लामिछानेबारे आलोचनात्मक टिप्पणी गर्दा सामाजिक सञ्जालमा चर्को गाली खानु परेको छ ।

युवती बलात्कार अभियोगमा उच्च अदालत पाटनबाट सफाइ पाएका सन्दीपबारे उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एउटा टिप्पणी लेखेकी थिइन् ।

जसमा उनले सन्दीपको घुमाउरो आलोचना गर्दै उनलाई समर्थन गर्नेहरूले आफूलाई फेसबुकबाट अनफ्रेन्ड गरे हुने सन्देश छाडेकी थिइन् ।

अमेरिकाले भिसा नदिएका कारण तनावमा रहेका सन्दीपबारे अभयाले तिखो टिप्पणी गर्दै अनफ्रेन्ड गर्न भनेपछि समर्थकहरू उनीविरूद्ध खनिएका छन् ।

यही जेठ २ गते उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ पाइसकेका सन्दीपबारे ढिलो गरी अभयाले आफ्नो भनाइ सार्वजनिक गरेकी थिइन् । अदालतले सफाइ दिए पनि उनलाई यौन हिंसामा संलग्न व्यक्तिका रुपमा हेर्नुपर्ने आशयसहित अभयाले फेसबुकमा लेखेपछि सन्दीपका फ्यान तातिएका हुन् ।

‘सन्दीप लामिछानेका सबै फ्यान र समर्थकहरूले मलाई अनफ्रेन्ड गरिदिनु होला,’ उनले लेखेकी थिइन्, ‘म मेरो वरिपरि यी नीच अनुयायीहरू हुनुभन्दा केही असल साथीहरू होउन् भन्ने चाहन्छु ।’

बिहीबार उनले यो पोस्ट गरेपछि उनलाई सामाजिक सञ्जालमा ट्रोलमात्रै गरिएन, गालीको वर्षा नै भएको छ । अभयालाई फेसबुकमा मेन्सन गर्दै केहीले उनको भनाइको आलोचना गरेका छन् भने अधिकांशले अपाच्य र तथानाम शब्दसहित गाली गरिरहेका छन् ।

सुब्बाको उक्त पोस्टलाई लिएर केही अभियन्ता र अधिकारकर्मीहरूले समर्थन र प्रशंसा पनि गरकेा छन् । तर धेरैजसोले चर्को आलोचना र गाली गरेपछि अभयाले उक्त विवादित पोस्ट हटाइसकेकी छन् ।

थेगिनसक्नु गाली खानु परेपछि अभयाले बिहीबार सन्दीपबारे गरिएको उक्त आलोचनात्मक टिप्पणीसहितको फेसबुक पोस्ट नै डिलिट गरेकी छन् । तर उनका अन्य पोस्टमा पनि अभद्र र अश्लील गाली दिने क्रम जारी छ । उनको उक्त पोस्टपछि ‘तिमी भारतीय नागरिकलाई नेपालबारे के चासो ?’ जस्ता प्रश्नसहित गाली गरिएएको छ ।

जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएर ८ वर्ष जेल सजाय पाएका सन्दीपलाई उच्च अदालतबाट निर्दोष ठहर भइसकेका छन् । तर अदालतको निर्णयमा रोष प्रकट गर्दै सन्दीपका फ्यानहरू आफ्नो छेउ नपरेको आशयको चेतावनी पनि अभयाले दिएकी थिइन् ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  २ : ४० बजे

अदालतको आदेशविपरीत हेटौँडा बजारमा किन चल्यो डोजर ?

काठमाडौं- शुक्रबार साँझ सर्वोच्च अदालतले हेटौँडाको मुख्य सडक विस्तारसम्बन्धी सूचना

एनपीएल : टस जितेको पोखराले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने

काठमाडौं- कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा

अदानचुलीका सडक स्तरोन्नति गरिँदै

अदानचुली– अदानचुली गाउँपालिकाको केन्द्र जोड्ने गल्फागाडदेखि श्रीनगरसम्मको सडकको स्तरोन्नति तथा

इयुमा पेट्रोल-डिजेल गाडी प्रतिबन्धबारे सदस्य राष्ट्रहरू विभाजित

एजेन्सी– युरोपको अटो उद्योग र त्यसका समर्थकहरू सन् २०३५ देखि

टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

काठमाडौं–  काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी