बार्सिलोनाले बर्खास्त गर्‍यो प्रमुख प्रशिक्षक जाभीलाई « Khabarhub

बार्सिलोनाले बर्खास्त गर्‍यो प्रमुख प्रशिक्षक जाभीलाई


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस फुटबल क्लब बार्सिलोनाले जाभी हर्नान्डेजलाई प्रमुख प्रशिक्षकबाट बर्खास्त गरेको छ ।

एफसी बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले शुक्रबार बिहान नयाँ सिजन २०२४/०२५ का लागि प्रमुख प्रशिक्षकको भूमिकामा निरन्तरता नदिइने सूचना दिएका थिए ।

अध्यक्ष जोन लापोर्टाले जाभी हर्नान्डेजलाई प्रमुख प्रशिक्षकबाट हटाउनुअघि उनीसँग संवाद गरेका थिए । जाभीले सन् २०२४-२५ को सिजनमा पनि निरन्तर रहन चाहेका थिए । तर क्लब व्यस्थापन आफ्ना पूर्वचर्चित मिडफिल्डर जाभीलाई प्रमुख प्रशिक्षकबाट बर्खास्त गरेको हो ।

यस सिजन जाभीको कमानमा बार्सिलोना खराब अवस्थाबाट गुज्रियो । उसले ला लिगाको उपाधि रक्षा गर्न सकेन। उपाधि भिडन्तमा रियल मड्रिडसँग बार्सिलोना १२ अंकले पछि पर्दै दोस्रोमा खुम्चियो ।

उता युरोपेली च्याम्पियन्स लिगमा पनि बार्साको प्रदर्शन बिर्सनलायक रह्यो । यस्तोमा केबल दुई सिजनमै जाभीलाई बार्सिलोनाले क्लबबाट बिदा गरेको हो ।

उनलाई बार्सिलोनाले मुख्य प्रशिक्षकका रुपमा दुई वर्षअघि भित्र्याएको थियो । ४३ वर्षीय जाभी बार्सिलोनासँगको सम्झौता पनि सन् २०२४ सम्म मात्रै थियो । आफ्नो समयका जादुयी मिडफिल्डर जाभीले बार्सिलोनाका लागि १७ वर्ष खेलेका थिए ।

 

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ६ : ०१ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक