पृथ्वीचन्द्र अस्पतालमा नयाँ प्रयोगशाला भवन निर्माण « Khabarhub

पृथ्वीचन्द्र अस्पतालमा नयाँ प्रयोगशाला भवन निर्माण


११ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नवलरासी – पश्चिम नवलपरासीको परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा नयाँ प्रयोगशाला भवन निर्माणसम्पन्न भएको छ । आज एक कार्यक्रमबीच लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन मगरले प्रयोगशाला भवनको उद्घाटन गरे ।

उनले अस्पताललाई थप सेवा सुविधासम्पन्न बनाउन सबै राजनीतिक दल तथा अस्पताल विकास समिति लाग्नुपर्नेमा जोड दिए । मन्त्री पुन मगरले अस्पतालको विकासका लागि प्रदेश सरकारले सधैँ सहयोग गर्ने भन्दै अस्पताल कर्मचारीलाई सेवाप्रवाहमा दत्तचित्त भएर लाग्न आग्रह गरे ।

प्रयोगशाला अस्पताल विकास समितको रु १६ लाख, रामग्राम नगरपालिकाको रु १० लाख, बर्दघाट नगरपालिका । प्रतापपुर गाउँपालिकाको रु पाँच/पाँच लाख, समाजसेवीद्वय श्याम अग्रवालको रु सात लाख २१ हजार र सुरेन्द्रनाथ यादवको रु सात लाख ११ हजारको लागतमा निर्माण भएको हो ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ८ : १२ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,