बैकुण्ठ अर्यालबारे सरकारको जवाफ : मुद्दा लाग्दैमा कोही दोषी ठहरिँदैन « Khabarhub

बैकुण्ठ अर्यालबारे सरकारको जवाफ : मुद्दा लाग्दैमा कोही दोषी ठहरिँदैन


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुरक्षण मुद्रणमा स्टिकरण छपाइ प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका मुख्यसचिव डा. बैकुण्ठ अर्यालका लागि सरकारले विशेष पद सिर्जना गरेको छ ।

स्वतः निलम्बनमा परेका मुख्यसचिव अर्याललाई विशिष्ठ श्रेणीको विशेष पद दरबन्दी सिर्जना गरेर सोमबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको जगेडामा सरुवा गरेको छ ।

‘नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोमा प्रचलित कानुन बमोजिम निज स्वतः निलम्बन हुनुभएको छ’, सरकारकी प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘हाललाई राष्ट्रिय योजना आयोगमा राज पत्रांकित विशिष्ठ श्रेणीको मुख्यसचिवसरहको विशेष पद सिर्जना गरी निजलाई उक्त पदमा सरुवा गर्ने निर्णय भएको छ ।’

उनले मन्त्रिपरिषद्को बैठकपछि पत्रकाहरूलाई संक्षिप्त जवाफ दिँदै आरोप लाग्दैमा कोही दोषी नहुने बताइन् ।

‘कसैलाई मुद्दा लाग्दैमा दोषी प्रमाणित हुँदैन । मुद्दा अवधिभर उहाँ (मुख्यसचिव बैकुण्ठ अर्याल) को पद स्वतः निलम्बनमा हुन्छ। त्यो पद रिक्त भएको अवस्था होइन’, उनले भनिन्, ‘एकातिर उहाँ निलम्बनको अवस्थामा हुनुहुन्छ, अर्कोतिर पद रिक्त भएको छैन। त्यसैले कायम मुकायम वा रिकन्फर्म गर्न र अरू कुनै निर्णय गर्न पनि बाटो नखुल्ने भएकाले विशेष पद सिर्जना गरिएको हो। उहाँको अवधिभर त्यो विशेष पद रहन्छ। उहाँको कार्यअवधि सकिएर अवकाशमा गएपछि उहाँका लागि सिर्जित विशेष पद स्वतः हट्छ।’

नेपालकै इतिहासमा पहिलो पटक बहालवाला मुख्यसचिवलाई भ्रष्टाचारको मुद्दा लागेको हो । मन्त्री शर्माले यदि अदालतबाट सफाइ पाएमा पुन: पदमा फर्किन सक्नेगरि हाललाई जगेडामा राखिएको बताइन् ।

गत वर्ष बैकुण्ठलाई मुख्यसचिव बनाउन पनि सरकारले तत्कालीन मुख्यसचिव शंकरदास बैरागीलाई राजीनामा गराएर राष्ट्रिय सुरक्षा परिषद्‍मा सल्लाहकार पद सिर्जना गरेर मन्त्रीस्तरीय सुविधा दिएको थियो ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  १२ : ४९ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा