अन्तरिक्षबाट घरको छतमा रहस्यमय वस्तु खसेपछि नासाविरुद्ध मुद्दा दायर « Khabarhub

अन्तरिक्षबाट घरको छतमा रहस्यमय वस्तु खसेपछि नासाविरुद्ध मुद्दा दायर


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाको फ्लोरिडा राज्यमा एक परिवारले अन्तरिक्ष एजेन्सी नासा विरुद्ध ८० हजार डलर क्षतिपूर्ति माग्दै मुद्दा दायर गरेको छ । मार्च ८, २०२१ मा, ७०० ग्राम तौलको टुक्रा अन्तरिक्षबाट उनको घरमा खसेको थियो र सो टुक्राका कारण उनको घरको छतमा प्वाल समेत परेको थियो ।

यस घटना पछि, नासाले यो टुक्रा प्रयोग गरिएको ब्याट्रीको कार्गो प्यालेटको भाग भएको र यो २०२१ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट फोहोरको रूपमा छोडिएको बताएको छ । नासाले यो टुक्रा वायुमण्डलमा प्रवेश गरेपछि पनि पूर्ण रूपमा नष्ट हुन नसकेको बताएको छ ।

द गार्डियनको रिपोर्टका अनुसार कानून फर्म क्र्यानफिलले समनर परिवारको मुद्दा लडिरहेको छ । फर्मले आफ्नो ग्राहक एलेजान्ड्रो ओटेरोको नेपल्स, फ्लोरिडामा घर रहेको बताएको छ । भग्नावशेष खसेकाले छतमा प्वाल परेको थियो ।

फोहोरको टुक्रा घरमा खसेको बेला ओटेरोका छोरा डेनियल घरमै रहेको र उनलाई कुनै चोटपटक भने नलागेको बताइएको छ । तर ओटेरोका परिवारले भने जे पनि हुन सक्थ्यो भन्दै क्षतिपूर्ति माग गरेको छ ।

फर्मका वकिल मिकाह गुएन वर्थीले भने, ‘यो घटनाले मेरो ग्राहकको जीवनमा ठूलो प्रभाव पारेको छ । घटनामा कसैलाई पनि शारीरिक चोट नपुगेको भन्दै उनीहरू कृतज्ञ छन् तर यस्तो ‘नजिक’ अवस्था खतरनाक हुन सक्छ । कसैलाई गम्भीर चोट लाग्न सक्थ्यो वा मृत्यु हुन सक्थ्यो ।’

अन्तरिक्षमा फोहोर निरन्तर बढ्दै गएकाले दुर्घटना पनि बढेको क्र्यानफिलले बताए । यस विषयमा नासाले कस्तो प्रतिक्रिया देखाउँछ भविष्यमा उदाहरण बन्न सक्छ । फर्मले नासासँग आफ्नो दाबीको जवाफ दिन ६ महिनाको समय रहेको बताएको छ । रिपोर्टका अनुसार नासाले यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

अन्तरिक्षमा हुने फोहोरलाई ‘स्पेस डेब्रिस’ वा ‘अर्बिटल डेब्रिस’ भनिन्छ । यी ती कृत्रिम सामग्री हुन् जुन अब उपयोगी छैनन् तर पृथ्वीको वरिपरि घुमिरहेका छन् । यो फोहोर मानिसले अन्तरिक्षमा पठाएको वस्तुबाट बनाइएको हो । यसमा रकेटका टुक्राहरू, उपग्रहका टुक्राहरू, अन्तरिक्ष यात्रीहरूले छोडेका वस्तुहरू लगायत छन् ।

विगत ६० वर्षमा विश्वभरका देशहरूको अन्तरिक्ष गतिविधि बढ्दै गएपछि अन्तरिक्षमा भग्नावशेष बढ्दै गएको छ । नासाको वेबसाइटका अनुसार हाल पृथ्वीको कक्षामा १० सेन्टिमिटरभन्दा ठूलो २९ हजारभन्दा बढी वस्तुहरू छन् ।

नासाको अनुमान अनुसार हरेक दिन कम्तीमा एक टुक्रा भग्नावशेष पृथ्वीमा पुग्छ । यो टुक्रा या त पृथ्वीमा कतै खस्छ वा वायुमण्डलमा पुग्ने बित्तिकै जल्छ । धेरै जसो अन्तरिक्षको फोहोर पानीमा खस्छ, किनकि पृथ्वीको सतहको ७१ प्रतिशत पानी रहेको छ ।

सन् १९७९ मा नासाको अन्तरिक्ष केन्द्र स्काइल्याब पृथ्वीमा खस्यो तर त्यो पनि समुन्द्रमा खस्यो । यो घटना लामो समयको लागि चर्चामा थियो । वास्तवमा यो भग्नावशेषको तौल ७५ टन थियो, यो जमिनको कुनै भागमा खसेको भए ठूलो विनाश हुन सक्ने थियो । स्काइल्याबलाई अमेरिकाले १४ मे १९७३ मा अन्तरिक्षमा पठाएको थियो । स्काइल्याबले करिब पाँच वर्षसम्म राम्रोसँग काम गरिरह्यो । तर अन्तरिक्षमा सौर्य आँधीका कारण यसको प्यानल जलेर बिस्तारै यसको इन्जिनले पनि काम गर्न छाड्यो । यसपछि यो अन्तरिक्षबाट पृथ्वीतर्फ सर्न थाल्यो । सुरुमा यो पृथ्वीमा कहाँ खस्ने हो थाहा थिएन ।

चिनियाँ अन्तरिक्ष स्टेशन तियाङगोङ अप्रिल २०१८ मा पृथ्वीसँग ठोक्किने अपेक्षा गरिएको थियो । यसको बारेमा धेरै चिन्ता उठाइयो, तर यो समुद्रमा खसेको थियो ।

न्युजकारखाना

प्रकाशित मिति : १० असार २०८१, सोमबार  १ : ०४ बजे

स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे

ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाओस् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि

२४ घण्टामा देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौं– राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही फागुन

बजार अनुगमन तीव्र, एक फर्मलाई पाँच हजार रुपैयाँ जरिवाना

काठमाडौं– बजार अनुमगनलाई तीव्रता दिँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना