सिरानीको खोल कति दिनपछि परिवर्तन गर्ने ? « Khabarhub

सिरानीको खोल कति दिनपछि परिवर्तन गर्ने ?


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


37.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ओछ्यानमा आरामदायी सुत्नको लागि सिरानी/तकिया हुनु आवश्यक छ। सिरानी बिना सुत्नको तपाई कल्पना गर्नुहोस् त सक्नु हुन्छ ? अवश्य पनि असहज महसुस भयो होला । प्राय धेरै मानिसहरू  सिरानी लगाएर  नै सुत्छन् ।

सिरानीको खोल र बेडमा ओछ्याएको तन्ना समय समयमा परिवर्तन गरिरहनु पर्छ । आज हामी सिरानीको खोल लामो समय सम्म परिवर्तन गरेन सफा गरेन भने कस्तो असर गर्न सक्छ त यसै विषयमा जानकारी गराउने छौँ ।

सिरानीको खोल समयमा परिवर्तन गरिएन भने, ब्याक्टेरिया फैलिन सक्छ । कतिपयको बेलुका सुत्ने बेलामा कपालमा तेल गाएर सुत्ने बानी पनि हुन्छ यस्तो बेलामा सिरानीमा तेलको दाग बस्दै जान्छ र फोहोर हुँदै जान्छ जसले पछि छालासँग सम्बन्धित धेरै समस्याहरू निम्त्याउन सक्छ ।

प्रत्येक सात दिनमा खोल धुने, सफा गर्ने 

विज्ञहरूका अनुसार सिरानीको खोल हरेक हप्ता परिवर्तन गर्नुपर्छ अर्थात् प्रत्येक सात दिनमा आफ्नो सिरानीको खोल परिवर्तन गर्नुपर्छ । सिरानीको खोलमा हरेक दिन थोरै धुलो जम्मा हुन्छ । यदि तपाईँको घरमा घरपालुवा जनावरहरू छन् भने, कपाल पनि तपाईँको सिरानीमा टाँसिन सक्छ। त्यसैले समय समयमा तकियाको कभर सफा गर्नुपर्छ ।

खोल किन परिवर्तन गर्नुपर्छ त ?

यदि तपाईँले फोहोर सिरानी प्रयोग गरिरहनुभयो भने, तपाईँ छाला सम्बन्धी धेरै समस्याहरूको जोखिममा पर्न सक्नुहुन्छ। तपाईँलाई छालाको एलर्जी पनि हुन सक्छ । त्यसैले यस मामिलामा लापरवाह हुनु हुँदैन। वास्तवमा, सिरानीको खोलमा खतरनाक ब्याक्टेरिया पनि हुन थाल्छ, जसले तपाईँको छालालाई मात्र नभई तपाईँको स्वास्थ्यलाई पनि नराम्ररी हानि पुर्‍याउने सम्भावना हुन्छ। यसबाहेक,अझ सकिन्छ भने प्रत्येक दिन सिरानीको खोललाई राम्ररी धुनु राम्रो हुन्छ ।

हरेक हप्ता आफ्नो तकिया कभर परिवर्तन गरिएन भने यसले एलर्जी हुन सक्छ। कहिलेकाहीँ यो संक्रमण हुन सक्छ । हरेक दिन मानिसहरू विभिन्न ठाउँबाट आएर सुत्न आउँछन्, यस्तो अवस्थामा यो अ-स्वच्छ पनि हुन सक्छ । यसबाहेक, यदि समय-समयमा आफ्नो तन्ना सिरकको खोल र सिरानीको खोल परिवर्तन गरिएन भने यसले आराम कम गर्छ ।

समय-समयमा बेडसिट र पिलो कभर परिवर्तन गर्दा शयन कक्षमा सकारात्मकता छाउने र साैदर्यता पनि बढ्ने हुन्छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार तकियाको कभर रेशमले बनेको हो भने ब्याक्टेरिया कम हुन्छ । जसका कारण अनुहारमा पिम्पल पनि देखिँदैन । अध्ययनले रेशमको तकिया कपासको भन्दा छालाको स्वास्थ्यका लागि राम्रो हुने देखाएको छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  १ : ३३ बजे

प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला भलिबल टोलीको बिदाइ

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी

तेहरान – आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र

अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ

कर्णाली – लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान

आजका समाचार : प्रचण्ड प्रधानमन्त्री नबन्ने, १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो र भारतले नेपाललाई दिने अनुदान रकम बढायो

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’ नेपाली

पत्रकार सिटौलाको अन्तिम बिदाइ, कुलमानदेखि बालेनसम्म पुगे (तस्बिरहरू)

काठमाडौं- आइतबार मध्याह्न उपचारका क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएका