संसद् सचिवालयका कर्मचारीका माग पूरा गर्न सरकारको ध्यानाकर्षण « Khabarhub

संसद् सचिवालयका कर्मचारीका माग पूरा गर्न सरकारको ध्यानाकर्षण


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसद मनिष झाले संघीय संसद् सचिवालयका कर्मचारीले राखेका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले  सचिवालयका कर्मचारीले राखेका माग सक्दो चाँडो समाधानका निम्ति सरकारको ध्यानाकर्षण गराए ।

सांसद रामकृष्ण यादवले मुलुकमा व्याप्त असुरक्षा, बेरोजगारी र भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग गरे। उनले किसानले दूधको भुक्तानी रकम पाउन नसकेको गुनासो गरे ।

सांसद रमा कोइरालाले संसद् सचिवालयका कर्मचारीका माग वार्ताको माध्यमबाट समाधान गरी समयमै संसद्को बैठक सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए। झापाका सुपारी किसान पछिल्लो समयमा मर्काका परेको उल्लेख गर्दै उनले सक्दो चाँडो सुपारी निर्यातको व्यवस्था गर्न माग गरे । 

सांसद कोइरालाले गैरकानुनी रुपमा कामदारका रुपमा इराक पुर्‍याउने काम भइरहेकाले श्रम मन्त्रालयको ध्यानाकर्षण गराए ।  

प्रकाशित मिति : १० असार २०८१, सोमबार  २ : ३४ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल