झिनो अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब बढी  | Khabarhub Khabarhub

झिनो अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब बढी 


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढ्दा कारोबारमा भने उछाल आएको छ । नेप्से ३.२१ अंकले बढ्दा कारोबार भने ५ अर्ब ७ करोड ७२ लाख ५५ हजार रुपैयाँ बराबरको भएको छ । 

नेप्से झिनो अंकले बढ्दा विकास बैंक समूहमा उत्साह देखिएको छ । विगत केही दिन यता वित्त समुहमा झुमिएका लागनीकर्ता आज विकास बैंक समूहमा बढी लगानी गरेको देखिएको छ । 

आज नेप्से ०.१५ प्रतिशतले बढेर २०६६.१६ विन्दुमा पुग्दा विकास बैंक समूह ६३ अंकले बढेको छ । लघुवित्तमा पनि आज लगानीकर्ताको आर्कषण देखिएको छ । लघुवित्त समूह आज ६१.७६ अंकले बढेको छ । आज बढ्ने समूहमध्ये तेस्रो स्थानमा मात्र फाइनान्स समूह परेको छ । आज फाइनान्स ५२.३२ अंकले बढेको छ । 

आज १ करोड ७ लाख ७ हजार ८७८ कित्ता कारोबार हुँदा १४२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ४ : १० बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं