झिनो अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब बढी  « Khabarhub

झिनो अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब बढी 


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढ्दा कारोबारमा भने उछाल आएको छ । नेप्से ३.२१ अंकले बढ्दा कारोबार भने ५ अर्ब ७ करोड ७२ लाख ५५ हजार रुपैयाँ बराबरको भएको छ । 

नेप्से झिनो अंकले बढ्दा विकास बैंक समूहमा उत्साह देखिएको छ । विगत केही दिन यता वित्त समुहमा झुमिएका लागनीकर्ता आज विकास बैंक समूहमा बढी लगानी गरेको देखिएको छ । 

आज नेप्से ०.१५ प्रतिशतले बढेर २०६६.१६ विन्दुमा पुग्दा विकास बैंक समूह ६३ अंकले बढेको छ । लघुवित्तमा पनि आज लगानीकर्ताको आर्कषण देखिएको छ । लघुवित्त समूह आज ६१.७६ अंकले बढेको छ । आज बढ्ने समूहमध्ये तेस्रो स्थानमा मात्र फाइनान्स समूह परेको छ । आज फाइनान्स ५२.३२ अंकले बढेको छ । 

आज १ करोड ७ लाख ७ हजार ८७८ कित्ता कारोबार हुँदा १४२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ४ : १० बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा