आक्रमणको जवाफ फर्काउने क्रेमलिनको चेतावनी « Khabarhub

आक्रमणको जवाफ फर्काउने क्रेमलिनको चेतावनी


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

मस्को – क्रिमियामा अमेरिकी मिसाइलको प्रयोग गरि युक्रेनले गरेको आक्रमणमा चार जनाको मृत्यु भएकोपछि क्रेमलिनले जवाफ फर्काउने चेतावनी दिएको छ ।

क्रेमलिनले सोमबार संयुक्त राज्य अमेरिकालाई ‘परिणाम’ भोग्नुपर्ने चेतावनी दिँदै अमेरिकी राजदूतलाई बोलाएको छ ।

मस्कोले रुसी लक्ष्यहरूमा प्रहार गरिएको हतियारको आपूर्तिका लागि वासिङ्टन र किएभका पश्चिमी समर्थकहरूको आलोचना गरेको छ र उनीहरूलाई दुई वर्षको द्वन्द्वमा प्रत्यक्ष सहभागी भएको बताएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले सेवस्तोपोलमा आइतबारको आक्रमणलाई ‘बर्बर’ भन्दै वासिङ्टनमाथि ‘रुसी बालबालिकाको हत्या गरेको’ आरोप लगाए ।

सेवस्तोपोलका गभर्नर मिखाइल रजभोझायेभले टेलिग्राममा मर्नेहरूमा दुई नाबालिग रहेको बताए। पेसकोभले यसै महिनाको प्रारम्भमा पश्चिमी लक्ष्यहरूमा सम्भावित आक्रमणका लागि पश्चिमी मुलुकहरूलाई हतियार दिनेबारे राष्ट्रपति भ्लादिमिर पुटिनको टिप्पणीहरूतर्फ सङ्केत गरे ।

“संयुक्त राज्य अमेरिकाको सहभागिता, प्रत्यक्ष संलग्नताले रुसी नागरिक मारिएका छन्, परिणामबिना हुन सक्तैन”, उनले भने, “के हुन्छ भन्ने समयले बताउने छ ।”

“युरोपमा र त्यसभन्दा माथि वासिङ्टनमा मेरा सहयोगीहरूसँग सोध्नुहोस्, त्यहाँका प्रेस सचिवहरूसँग सोध्नुहोस् कि तिनीहरूको सरकारले किन रुसी बालबालिका मारिरहेका छन्”, उनले भने ।

विदेश मन्त्रालयले अमेरिकी राजदूत लिन ट्रेसीलाई बोलाएको बताएको छ । पछि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै वासिङ्टनले ‘यो अत्याचारका लागि किएभ शासनसँगै समान जिम्मेबारी लिन्छ’ र आक्रमण ‘दण्डविहीन हुने छैन’ भनेको छ ।

रुसले आइतबार भएको आक्रमण अमेरिकाले आपूर्ति गरेको एटिएसिएमस मिसाइलले क्लस्टर वारहेडले भरिएको बताएको छ । मस्कोद्वारा स्थापित स्थानीय अधिकारीहरूले मिसाइलले बलौटे सामुद्रिक तट र होटलहरू भएको बन्दरगाह सहरको एक क्षेत्रमा प्रहार गरेको बताएका छन् ।

आक्रमणमा घाइते भएका २७ बालबालिकासहित ८२ जनालाई अस्पतालमा भर्ती गरिएको छ । तास समाचार एजेन्सीले सोमबार स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोलाई उद्धृत गर्दै घाइतेमध्ये १४ जनाको अवस्था गम्भीर रहेको बताएको छ ।

यसै महिना एएफपीलगायत अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको एक बैठकमा पुटिनले पश्चिमद्वारा युक्रेनलाई लामो दूरीको हतियार प्रदान गरेकामा आलोचना गरे।

“हामीलाई विश्वका ती ९पश्चिमी० मुलुकहरूको संवेदनशील संरचनाहरूमा हमला हुने क्षेत्रहरूमा एउटै वर्गको हतियारहरूको आपूर्ति गर्ने अधिकार हामीसँग किन छैन ?”, पुटिनले भने, “अर्थात प्रतिक्रिया समरूप नहुनसक्छ, यसका बारेमा हामी सोच्नेछौँ ।”

पेसकोभले युक्रेनी आक्रमणका लागि लक्षित डाटा पश्चिमी मुलुकहरूले प्रदान गराएको पुटिनको भनाइ उद्धृत गरे । रुसले सन् २०१४ मा क्रिमियामाथि एकपक्षीय कब्जा गरेको थियो ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ८ : ३८ बजे

शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता

नयाँ दिल्ली- भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि भारतमा

वडा सदस्यको घरबाट ठूलो परिमाणमा डीएपी मल बरामद

जनकपुरधाम– धनुषाको धनुषाधाम नगरपालिका–५, ९०० बिघास्थित एक वडा सदस्यको घरबाट

हर्कको प्रवेशले एमाले भोजपुरमा हलचल, उपमेयर शेर्पासहित सात नेतामाथि कारबाही

भोजपुर– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ केही दिनअघि जिल्ला

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका

श्रमजीवी वर्गलाई जोड्न सके वामपन्थी आन्दोलन पुनः सशक्त बन्छ : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक परिवेश