लुम्बिनीका मुख्यमन्त्री आचार्यले लिए शपथ, ९ सदस्यीय मन्त्रिपरिषद गठन « Khabarhub

लुम्बिनीका मुख्यमन्त्री आचार्यले लिए शपथ, ९ सदस्यीय मन्त्रिपरिषद गठन


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

यस्तै, मुख्यमन्त्री आचार्यसहित ९ जना मन्त्रीले पनि पदको शपथ लिएका छन् । मन्त्रीहरुलाई कुनै मन्त्रालय तोकिएको छ ।

मन्त्रीको शपथ लिनेमा नेपाली कांग्रेसबाट दाङका प्रचण्डविक्रम न्यौपाने, प्युठानका सरोज थापा, बाँकेका बादसाह कुर्मी र गुल्मीका धनेन्द्र कार्की छन् ।

यस्तै, एमालेका रुपन्देहीका भूमीश्वर ढकाल, पाल्पाका खेमबहादुर सारू, गुल्मीका दिनेश पन्थी र दाङकी सीता चौधरी शर्माले शपथ लिएका छन् ।

नवनियुक्त मन्त्रीहरूको कार्यविभाजन तोकिएको छैन । कांग्रेस–एमालेबीच मन्त्रालय टुंगो नलागेकाले उनीहरूले विनाविभागीय मन्त्रीकै रूपमा शपथ लिएका हुन् ।

आइतबार मुख्यमन्त्रीमा नियुक्त आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको समर्थन छ ।

८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४४ सांसदको समर्थन आवश्यक पर्दछ ।

 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १० : १५ बजे

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब