लुम्बिनीका मुख्यमन्त्री आचार्यले लिए शपथ, ९ सदस्यीय मन्त्रिपरिषद गठन « Khabarhub

लुम्बिनीका मुख्यमन्त्री आचार्यले लिए शपथ, ९ सदस्यीय मन्त्रिपरिषद गठन


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

यस्तै, मुख्यमन्त्री आचार्यसहित ९ जना मन्त्रीले पनि पदको शपथ लिएका छन् । मन्त्रीहरुलाई कुनै मन्त्रालय तोकिएको छ ।

मन्त्रीको शपथ लिनेमा नेपाली कांग्रेसबाट दाङका प्रचण्डविक्रम न्यौपाने, प्युठानका सरोज थापा, बाँकेका बादसाह कुर्मी र गुल्मीका धनेन्द्र कार्की छन् ।

यस्तै, एमालेका रुपन्देहीका भूमीश्वर ढकाल, पाल्पाका खेमबहादुर सारू, गुल्मीका दिनेश पन्थी र दाङकी सीता चौधरी शर्माले शपथ लिएका छन् ।

नवनियुक्त मन्त्रीहरूको कार्यविभाजन तोकिएको छैन । कांग्रेस–एमालेबीच मन्त्रालय टुंगो नलागेकाले उनीहरूले विनाविभागीय मन्त्रीकै रूपमा शपथ लिएका हुन् ।

आइतबार मुख्यमन्त्रीमा नियुक्त आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको समर्थन छ ।

८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४४ सांसदको समर्थन आवश्यक पर्दछ ।

 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १० : १५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल