विमान दुर्घटनामा सौर्य एअरलाइन्स व्यवस्थापनकै ५ जना परे « Khabarhub

विमान दुर्घटनामा सौर्य एअरलाइन्स व्यवस्थापनकै ५ जना परे


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


301.8k
Shares
  • change font
  • change font
  • change font

दुर्घटनामा परेका सौर्य एअरका चिफ अफ अप्रेशन (क्याप्टेन) मनीषरत्न शाक्य, चिफ अफ सेफ्टी सागरकुमार आचार्य, सीएएमओ अश्विनकुमार निरौला र चिफ अफ क्वालिटी एसुरेन्स दिलीप बर्मा ।

काठमाडौं– विमान दुर्घटनामा सौर्य एअरलाइन्सको व्यवस्थापन समूहकै अधिकांश परेका छन्‌ । व्यवस्थापन समूहमा रहेका १० मध्ये चार जनाले ज्यान गुमाएका हुन्‌ ।

पोखरातर्फ परीक्षण उडान भर्ने क्रममा त्रिभुवन विमानस्थलको रन-वे छोड्ने बित्तिकै विमान दुर्घटनामा परेको थियो । नेपाल नागरिक उड्ययन प्राधिकरणले १८ जनाको मृत्यु भएको र एक जना उपचार क्रममा रहेको जनाएको छ ।

एअरलाइन्सका चिफ अफ सेफ्टी सागरकुमार आचार्य, चिफ अफ क्वालिटी एसुरेन्स दिलीप बर्मा, सीएएमओ अश्विनकुमार निरौला, मर्मत व्यवस्थापक यज्ञप्रसाद पौडेल र चिफ अफ अप्रेशन (क्याप्टेन) मनीषरत्न शाक्य दुर्घटनामा परेका हुन्‌ । क्याप्टेन शाक्यलाई उपचारका लागि अस्पताल लगिएको हो ।

उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार दुर्घटनामा हालसम्म १५ जनाको मृत्यु भएको र चार जनाको जीवितै उद्धार गरिएको छ । दुर्घटनामा परेको विमानमा सवार अधिका‌ंश सौर्य एअरलाइन्सकै जनशक्ति थिए ।

यो पनि-

सौर्य एअरलाइन्सको जहाजमा सवार १९ जनाको नामावली

आफ्नै कर्मचारी र इन्जिनियर बोकेर पोखरा जाँदै थियो सौर्यको जहाज

दुर्घटनामा परेको सौर्यको विमान २१ वर्ष ४ महिना पुरानो

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना

प्राधिकरणले यसो भन्यो

नेपाल नागरिक उड्ययन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि गरेकोछ । जसमा ज्यान गुमाउनेमध्ये सबै सौर्यकै व्यवस्थापनका सदस्य र कर्मचारी रहेका छन् ।

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले सौर्य एयरलाइन्सको सीआरजे सेभेन (आईजी ९एनएएमई) जहाज दुर्घटनामा परेको जनाएको छ।

प्राधिकणको विज्ञप्ती

उक्त जहाज काठमाडौंबाट स्थानीय समयअनुसार बिहान ११:११ बजे पोखरा उडानका क्रममा रनवे छाड्नेबित्तिकै दाहिनेतिर मोडिन गई एयरपोर्टको पूर्वतिरको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणले जनाएको छ ।

त्यसक्रममा १८ जनाको शव संकलन गरिएको उसको भनाइ छ । १ जना घाइतेलाई उद्धार गरि काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल पुऱ्याइएको प्राधिकरणले जनाएको छ ।

दुर्घटनापछि उद्धार गरिएका पाइलट मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको निधारसहितका भागमा गम्भीर चोट लागेको छ । अस्पताल स्रोतले उनको अवस्था स्थिर रहेको जनाएको छ ।

जहाजमा सवारको सूची

 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १ : २६ बजे

विश्व मानवीय अवस्था गम्भीर, राहतको लागि ३३ अर्ब डलर माग

एजेन्सी– संयुक्त राष्ट्र मानवीय सहायता समन्वय कार्यालय (ओचा) ले सन्

सुदूरपश्चिमविरुद्धको खेलमा विराटनगरका हिजलेट गोल्डेन डक आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार

रोयल इन्फिल्डको नयाँ मोडल ‘हन्टर ३५०’ नेपालमा

काठमाडौं– मीड साइज मोटरसाइकल समूह (२५०–७५० सीसी) मा रोयल इन्फिल्डले स्ट्रिट

नेपालगन्जको नगरबस प्रयोगविहीन

नेपालगन्ज– पाँच वर्षदेखि सञ्चालनमा आएको नेपालगन्ज उपमहानगरपालिकाको सातवटा नगरबस अहिले

सञ्चारमन्त्री खरेलद्वारा एनपीएल अवलोकन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाल प्रिमियर