विमान दुर्घटनामा सौर्य एअरलाइन्स व्यवस्थापनकै ५ जना परे « Khabarhub

विमान दुर्घटनामा सौर्य एअरलाइन्स व्यवस्थापनकै ५ जना परे


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


301.8k
Shares
  • change font
  • change font
  • change font

दुर्घटनामा परेका सौर्य एअरका चिफ अफ अप्रेशन (क्याप्टेन) मनीषरत्न शाक्य, चिफ अफ सेफ्टी सागरकुमार आचार्य, सीएएमओ अश्विनकुमार निरौला र चिफ अफ क्वालिटी एसुरेन्स दिलीप बर्मा ।

काठमाडौं– विमान दुर्घटनामा सौर्य एअरलाइन्सको व्यवस्थापन समूहकै अधिकांश परेका छन्‌ । व्यवस्थापन समूहमा रहेका १० मध्ये चार जनाले ज्यान गुमाएका हुन्‌ ।

पोखरातर्फ परीक्षण उडान भर्ने क्रममा त्रिभुवन विमानस्थलको रन-वे छोड्ने बित्तिकै विमान दुर्घटनामा परेको थियो । नेपाल नागरिक उड्ययन प्राधिकरणले १८ जनाको मृत्यु भएको र एक जना उपचार क्रममा रहेको जनाएको छ ।

एअरलाइन्सका चिफ अफ सेफ्टी सागरकुमार आचार्य, चिफ अफ क्वालिटी एसुरेन्स दिलीप बर्मा, सीएएमओ अश्विनकुमार निरौला, मर्मत व्यवस्थापक यज्ञप्रसाद पौडेल र चिफ अफ अप्रेशन (क्याप्टेन) मनीषरत्न शाक्य दुर्घटनामा परेका हुन्‌ । क्याप्टेन शाक्यलाई उपचारका लागि अस्पताल लगिएको हो ।

उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार दुर्घटनामा हालसम्म १५ जनाको मृत्यु भएको र चार जनाको जीवितै उद्धार गरिएको छ । दुर्घटनामा परेको विमानमा सवार अधिका‌ंश सौर्य एअरलाइन्सकै जनशक्ति थिए ।

यो पनि-

सौर्य एअरलाइन्सको जहाजमा सवार १९ जनाको नामावली

आफ्नै कर्मचारी र इन्जिनियर बोकेर पोखरा जाँदै थियो सौर्यको जहाज

दुर्घटनामा परेको सौर्यको विमान २१ वर्ष ४ महिना पुरानो

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना

प्राधिकरणले यसो भन्यो

नेपाल नागरिक उड्ययन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि गरेकोछ । जसमा ज्यान गुमाउनेमध्ये सबै सौर्यकै व्यवस्थापनका सदस्य र कर्मचारी रहेका छन् ।

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले सौर्य एयरलाइन्सको सीआरजे सेभेन (आईजी ९एनएएमई) जहाज दुर्घटनामा परेको जनाएको छ।

प्राधिकणको विज्ञप्ती

उक्त जहाज काठमाडौंबाट स्थानीय समयअनुसार बिहान ११:११ बजे पोखरा उडानका क्रममा रनवे छाड्नेबित्तिकै दाहिनेतिर मोडिन गई एयरपोर्टको पूर्वतिरको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणले जनाएको छ ।

त्यसक्रममा १८ जनाको शव संकलन गरिएको उसको भनाइ छ । १ जना घाइतेलाई उद्धार गरि काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल पुऱ्याइएको प्राधिकरणले जनाएको छ ।

दुर्घटनापछि उद्धार गरिएका पाइलट मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको निधारसहितका भागमा गम्भीर चोट लागेको छ । अस्पताल स्रोतले उनको अवस्था स्थिर रहेको जनाएको छ ।

जहाजमा सवारको सूची

 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १ : २६ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।