अधुरा योजनाको विवरण उपलब्ध गराउन मन्त्री यादवको निर्देशन « Khabarhub

अधुरा योजनाको विवरण उपलब्ध गराउन मन्त्री यादवको निर्देशन


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवले मन्त्रालय मातहतका निकायलाई अधुरा रहेका विकास योजनाको विवरण एक साताभित्र उपलब्ध गराउन निर्देशन दिएका छन् ।

मन्त्रालयद्वारा आयोजित योजना कार्यान्वयनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उपस्थित जलस्रोत, भूमिगत सिँचाइ र खानेपानी डिभिजन कार्यालयका प्रमुखहरूबाट आएका गुनासो सम्बोधन गर्दै मन्त्री यादवले अधुरा योजनाहरूको विवरण लिखित प्रतिवेदनसहित उपलब्ध गराउन निर्देशन दिए।

डिभिजन वा मातहतका कार्यालयबाट हुने विकास निर्माणमा सहजता र कानुनी रुपमा देखापरेका जटिलता समाधानका सन्दर्भमा संस्थागत विचारसहित एक साताभित्र प्रतिवेदन उपलब्ध गराउन निर्देशन दिएको मन्त्रालयका सचिव जक्की अहमदले जानकारी दिए। 

कार्यक्रमका सहभागीले विपत् व्यवस्थापनका लागि ‘फ्रिज’ नहुने गरी खर्च गर्न सक्ने कानुन व्यवस्था गरिनुपर्ने माग गर्दै तत्काल कानुन संशोधन वा नयाँ कानुन बनाउन आग्रह गरेका थिए ।

उनीहरूले योजना सञ्चालन र बजेट खर्चबारे अर्थ मन्त्रालयले गरेको मार्गदर्शनले कार्यान्वयनमा समस्या भएको बताउँदै यसको संशोधन गर्नुपर्नेमा जोड दिएको उनले बताए । 

कतिपय योजनाहरू ६०-७० प्रतिशत काम भए पनि बजेट अभावले सम्पन्न नहुँदा थप जटिलता उत्पन्न भएको बताउँदै तत्काल बजेट संशोधन वा रकमान्तर गरी नयाँभन्दा क्रमागत योजनामा बजेट विनियोजन गरिदिन सहभागीले मन्त्री यादवसँग आग्रह गरे। 

अभिमुखी कार्यक्रममा मन्त्रालयका सचिव अहमद, महाशाखाका प्रमुखहरूसहित प्रदेशका आठवटै जिल्लास्थित जलस्रोत तथा सिँचाइ डिभिजन, खानेपानी तथा सरसफाइ डिभिजन, भूमिगत सिँचाइ डिभिजन कार्यालयका प्रमुखहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १ : ४४ बजे

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।