सिरहा यातायात कार्यालयबाट ५० करोड बढी राजस्व संकलन | Khabarhub Khabarhub

सिरहा यातायात कार्यालयबाट ५० करोड बढी राजस्व संकलन


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा – यातायात व्यवस्था कार्यालय लहान, सिरहाले गत आर्थिक वर्ष २०८०-०८१ मा ५० करोड भन्दाबढी राजस्व संकलन गरिएको छ।

सरकारले साउन देखि चैत सम्म सवारी साधन करमा लाग्ने जरिवाना छुट गरेपछि यातायात व्यवस्था कार्यालय लहान, सिरहाले एक आर्थिक वर्षमा ५० करोड ४२ लाख २४ हजार ७ सय ७८ रुपैयाँ राजस्व संकलन गरिएको हो। 

सवारी करबाट ३६ करोड ६४ लाख ९५ हजार ८९ रुपैयाँ, सवारी चालक अनुमतिपत्र तथा नवीकरणबाट ११ करोड १८ लाख ६८ हजार बिस रुपैयाँ तथा पटके दस्तुर र रुट परमिटबाट ७९ लाख ७८ हजार २२५ रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख कुशेश्वर साहले जानकारी दिए । 

गत आर्थिक वर्ष २०७९-०८० मा ४५ करोड ३५ लाख ७४ हजार तीनसय ९४ रुपैयाँ राजस्व उठाएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा यस आ.व.मा ५ करोड भन्दाबढी राजस्व संकलन भएको कार्यालय प्रमुख साहले जनाएको छ।

यस्तै आव २०८०-०८१ मा ५ हजार २ सय एकवटा नयाँ सवारी साधन दर्ता भएको उनले बताए । कार्यालय प्रमुख साहका अनुसार यो आर्थिक वर्षमा ९ हजार २ सय जनालाई नयाँ चालक अनुमतिपत्र वितरण गरिएको छ। मधेस प्रदेश सरकारले पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण नगराएका सवारीसाधनलाई  नवीकरणमा लाग्ने जरिवाना छुट दिएपछि नयाँ सवारीसाधनको दर्ता बढेको कार्यालय प्रमुख साहको भनाई छ। 

संकलन गरिएको राजस्वबाट संघ सरकारलाई १ करोड ७३ लाख ६९ हजार ४ सय चौरान्नब्बे रुपैयाँप्रदेश सरकारको खातामा ४८ करोड ६८ लाख ५५ हजार दुई सय ७८ रुपैयाँ गरी जम्मा ५० करोड ४२ लाख रकम खातामा जम्मा गरेको कार्यालयका लेखा अधिकृत जय प्रकाश महतोले जनाएको छ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ३ : ३१ बजे

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड