बाग्मती किनारका पूर्वाधार प्रयोगमा ल्याउन उपप्रधानमन्त्री सिंहको निर्देशन « Khabarhub

बाग्मती किनारका पूर्वाधार प्रयोगमा ल्याउन उपप्रधानमन्त्री सिंहको निर्देशन


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बाग्मती नदि किनारमा बनेका पूर्वाधारको संरक्षण र प्रयोगमा ल्याउन निर्देशन दिएका छन् । बुधबार अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिकातर्फबाट समितिले गरेका कामबारे जानकारी लिएपछि उनले यस्तो निर्देशन दिएका हुन् । 

बनाएका कतिपय ढल प्रयोगमा नआएको, पार्कहरुको संरक्षण हुन नसकेको गुनासो सुनिएको भन्दै मन्त्री सिंहले बाग्मतीमा बनेका संरचनाको संरक्षणमा पनि ध्यान दिन निर्देशन दिए। उनले बनेर पनि प्रयोगमा नआएका ढलहरुलाई तत्काल प्रयोगमा ल्याउन र पार्कहरुको संरक्षण गर्न आवश्यक काम अघि बढाउन निर्देशन दिए।

‘अहिले नागरिकले प्रश्न गरिरहेका छन् । ढल त बन्छ तर प्रयोगमा किन आइरहेको छैन । यसलाई करेक्सन गर्नुपर्यो । तत्काल गर्न सकिने काम अहिले गरौं,’ उपप्रधानमन्त्री सिंहले भने, ‘बनाएको ढलहरु प्रयोगमा त आउनुपर्यो नी । बनाएको छ खर्च गरेको छ भनेर मात्र भएन, काम आएको छ की छैन हेर्नुपर्यो ।’

त्यस्तै मन्त्री सिंहले गोकर्णेश्वरदेखि गुह्येश्वरी सम्म बनेका पार्कहरुको दुरावस्था रहेको भन्दै ती पार्कको संरक्षण र रेखदेखमा ध्यान दिन पनि समितिलाई निर्देशन दिए । यस्तै, उपप्रधानमन्त्री सिंहले बाग्मतीमा बार्है महिना पानी बगाउनुपर्नेमा पनि जोड दिए । 

बाग्मतीमा सफा पानी बगाउनका लागि बाग्मतीको ड्याम बनाउनुभन्दा अघि वैकल्पिक उपाय खोज्न पनि उनले समितिलाई निर्देशन दिए ।

बाग्मती भन्दा कुरुप भइसकेका नदिहरुलाई विभिन्न देशले पछि सुधार गरेर स्वच्छ पानी बगाएको उदाहरण दिँदै उनले बाग्मती नदि स्वच्छ रुपमा बगाउनका लागि  सरकारले प्रभावकारी योजना ल्याउने पनि मन्त्री सिंहको भनाई थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ४ : २८ बजे

राप्रपा र राप्रपा नेपालबीच एकता घोषणासभा (तस्बिरहरू)

काठमाडौं– राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा

आयोगकै कमजोरीले फैलियो नेताहरुमाथि कालोसूचीको हल्ला 

केही दिनदेखि सञ्चार माध्यममा २०७९ सालमा निर्वाचन लडेका हजार बढी

नवौँ एनभीए भलिबल च्याम्पियनसिप: महिलातर्फ एभरेष्ट क्लबको चुली युवा क्लबमाथि जित

काठमाडौं– नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा

मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता

महेन्द्रनगर– मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन

पर्यटन बोर्डले मनायो २७औँ स्थापना दिवस, नेपाल-आसियान पर्यटन वर्ष २०२६ घोषणा

काठमाडौं– नेपाल पर्यटन बोर्डले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान