शोकमा डुब्यो शिक्षण अस्पताल परिसर, आफन्तको रुवाबासी (तस्बिरहरू) « Khabarhub

शोकमा डुब्यो शिक्षण अस्पताल परिसर, आफन्तको रुवाबासी (तस्बिरहरू)


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल राखिएको छ ।

त्रिभुवन विमानस्थलस्थित दुर्घटनास्थलबाट उठाइएका १८ जनाको शव पोस्टमार्टम र पहिचानका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको हो ।

त्यहाँ शव लगिएसँगै शिक्षण अस्पताल परिसर शोकमग्न भएको छ। ज्यान गुमाएका सौर्य व्यवस्थापनका सदस्य र कर्मचारीका परिवारहरू अस्पतालमा भेला भएपछि अवस्था शोकमा डुबेको छ ।

मृतकका आफन्तको रुवाबासी र चित्कारले अस्पताल शोकमा डुबेको हो । अब शिक्षण अस्पतालमा शवहरूको पोस्टमार्टम अघि बढ्नेछ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार दुर्घटनामा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्बेश मरासैन, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही, अरेफ रेडा (विदेशी) को–पाइलट एस. कटुवालले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ४ : ५१ बजे

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन