शहीद मुकेश कायस्थको परिवारलाई सुविधा दिलाउने गृहमन्त्रीको प्रतिबद्धता « Khabarhub

शहीद मुकेश कायस्थको परिवारलाई सुविधा दिलाउने गृहमन्त्रीको प्रतिबद्धता


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं गृहमन्त्री रमेश लेखकले शहीद मुकेश कायस्थको परिवारले राज्यबाट पाउनुपर्ने सुविधा दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार गृहमन्त्रालयमा भेट्न पुगेकी मुकेशकी आमा मिरा कायस्थसँग गृहमन्त्री लेखकले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘संघीय लोकतन्त्रिक गणतन्त्र स्थापनामा शहीद मुकेश कायस्थको योगदान छ । राज्यबाट पाउने सुविधा दिलाउने मेरो प्रतिबद्धता भयो । म यसमा लाग्छु ,’ गृहमन्त्री लेखकले भने । 

दोस्रो जनआन्दोलन (२०६२–६३) का घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको गत वर्ष वैशाख २७ गते निधन भएको थियो । तत्कालीन सरकारले जेठ २ गते मुकेशलाई शहीद घोषणा पनि गरेको थियो । तर, राज्यबाट शहीद परिवारले पाउने सुविधा आफूले नपाएको मुकेशकी आमा मिराको भनाइ छ । 

शहीद घोषणा राजपत्रमा प्रकाशित हुँदा मृत्यु भएको मिति नमिलेपछि सुविधाबाट पाउनबाट एक वर्षदेखि मुकेशको परिवार बञ्चित छ । ‘राजपत्रमा मृत्यु भएको गते मिलेको छैन । मन्त्रीज्यूले त्यो सच्याएर सुविधा पाउने व्यवस्था मिलाउछु भन्नु भएको छ,’ मिराले भने ।

यसअघि रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुँदा आफ्नो समस्या राखेपनि सम्बोधन नभएको उनको भनाइ थियो । सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेको लागि ६ हजार २ सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो । 

मुकेशलाई २०७८ सालमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयोजक रहेको लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्यांकन गर्दै  ‘लोकतन्त्रका योद्धा’ सम्मान प्रदान गरेको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ८ : ०१ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज