भरतपुर आँखा अस्पतालको सेवा थप प्रभावकारी बनाइने « Khabarhub

भरतपुर आँखा अस्पतालको सेवा थप प्रभावकारी बनाइने


८ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको सेवा थप प्रभावकारी बनाइने भएको छ । 

नेपाल नेत्रज्योति सङ्घ चितवनको २४औँ वार्षिक साधारणसभामा सङ्घका केन्द्रीय अध्यक्ष प्रा डा चेतराज पन्तले सबै दृष्टिकोणले यस अस्पताललाई आँखा उपचारको केन्द्रको रुपमा विकास गर्न उपयुक्त हुने बताए ।

‘यहाँ दुई मेडिकल कलेज, एउटा क्यान्सर अस्पताल र सङ्घीय अस्पताल रहेको छ, भरतपुर ‘मेडिकल सिटी’को रुपमा विकास भइरहेको छ’, उनले भने । देशकै मध्यभागमा रहेकाले उक्त अस्पताललाई आँखा उपचारको प्रमुख केन्द्रको रुपमा विकास गर्नु आवश्यक भएको उनको भनाइ थियो । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका डीन डा आषेश ढुङ्गानाले प्रतिष्ठानले नेपाल नेत्रज्योति सङ्घसँगको सहकार्यमा काठमाडौँ उपत्यका बाहिर तीन स्थानमा कार्यक्रम सञ्चालन गर्दै आएको बताए। विराटनगर, भैरहवा र चितवनमा कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिँदै उनले यसलाई अझै प्रभावकारी बनाउँदै लैजान आवश्यक भएको उनले उल्लेख गरे । 

कार्यक्रममा भरतपुर महानगरपालिका–१० का अध्यक्ष परमेश्वर खनाल, नेपाल नेत्रज्योति सङ्घ नवलपुरका सभापति होमनाथ जैशी, सङ्घकी सदस्य मिना खरेललगायतले सङ्घको गतिविधिबारे जानकारी गराएकी थिइन् । 

कार्यक्रममा सङ्घका सचिव केशवप्रसाद अधिकारीले वार्षिक प्रतिवेदन पेस गर्दै सङ्घद्वारा सञ्चालित अस्पताल र उपचार केन्द्रबाट गत एक वर्षमा तीन लाख ४९ हजार पाँच सय ४६ जनाको आँखाको उपचार गरेको जानकारी दिए । तीमध्ये ११ हजार दुई सय ५७ जनाको आँखाको शल्यक्रिया गरिएको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  ३ : ५१ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको