सत्रौं पुस्तकालय दिवसको अवसरमा रक्तदान  « Khabarhub

सत्रौं पुस्तकालय दिवसको अवसरमा रक्तदान 


८ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सत्रौं पुस्तकालय दिवसको अवसरमा काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय, भृकुटीमण्डपमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

 सत्रौं पुस्तकालय दिवसको अवसरमा शैक्षिक तथा रचनात्मक क्रियाकलाप उपसमितिको आयोजनामा रक्तदान कार्यक्रममा गरिएको प्रचारप्रसार समितिका संयोजक राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिए । १७ जनाले रक्तदान गर्नुभएको उक्त कार्यक्रममा पुस्तकालयकर्मी, सरकारी कर्मचारी, युवा, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

 ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यका साथ यस वर्ष सत्रौँ पुस्तकालय दिवस, २०८१ भव्यताका साथ सम्पन्न गर्नका लागि साउन २१ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दिपक काफ्लेको संयोजकत्वमा मूल समारोह समिति गठन गर्नुका साथै विभिन्न उपसमिति गठन समेत भएका छन् ।

 सत्रौं पुस्तकालय दिवसको अवसरमा देशभरका पुस्तकालयले भाद्र १ गतेदेखि नै विभिन्न कार्यक्रमको आयोजना गरि पुस्तकालय दिवस मनाइरहेका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  ५ : ०५ बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणलाई २ वर्ष कैद, २० हजार जरिवाना

काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको

एशियन भिलेज रिसोर्टका अध्यक्ष पक्राउ, विष्णु पौडेलसँग शंकास्पद कारोबार रहेको जिकिर

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर आरोपमा

वर्षा भन्छिन् : दीपक-दीपाको जस्तो सम्बन्ध सधैँ अटल रहोस्

काठमाडौं– कलाकार दीपाश्री निरौला ब्रेन ट्युमरसँग लडिरहँदा उनका प्रिय सहकर्मी

उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारी सम्मानित

खोटाङ– नेपाल सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गत जलस्रोत तथा

मधेशका पूर्वप्रदेश प्रमुख अहिराज बलात्कार मुद्दामा दोषी, सजाय निर्धारण बिहीबार

काठमाडौं- मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्‍कार