सुनकोसीमा खसेको हाइलक्स भेटियो, तीन यात्रुको अवस्था अझै अज्ञात « Khabarhub

सुनकोसीमा खसेको हाइलक्स भेटियो, तीन यात्रुको अवस्था अझै अज्ञात


८ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.9k
Shares
  • change font
  • change font
  • change font

सिन्धुली – सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ बेलटारस्थित कुडेलेबाट सुनकोसी नदीमा खसेर बेपत्ता भएको हाइलक्स गाडी भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेका अनुसार दुर्घटना भएको स्थान नजिकै उक्त गाडी भेटिएको छ । गाडीसँगै बेपत्ता भएका तीन जना यात्रुलाई फेला पार्न नसकिएको जानकारी दिए । उक्त गाडी अहिले पानीबाट निकाल्ने प्रयास भइरहेको छ ।

पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेको नम्बर नखुलेको हाइलक्स गाडी सुनकोसी नदीमा खस्दा गाडीसहित तीन जना बेपत्ता भएका थिए। गाडीमा सवार चार जनामध्ये एकले हाम फालेर ज्यान बचाएका छन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेकाअनुसार सवारी नम्बर नखुलेको हाइलेक्स गाडी चालक भक्तपुरको सुर्यविनायक नगरपालिका बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका हुन् । जीप अबिन बाकेले चलाएका थिए ।

याे पनि

सुनकोसीमा बेपत्ता हाइलक्स गाडी बत्ती बालेर खोजी गर्दै गोताखोर

 

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  ९ : २२ बजे

हालजेनलाई भौतिकशास्त्रको नोबेल पुरस्कार

काठमाडौं- बेल्जियममा जन्मेका वैज्ञानिक फ्रान्सिस हालजेनले खगोलीय मूलका उच्च–ऊर्जा न्युट्रिनोको

गाजामा इजरायलको कडा चेतावनी

जेरुसेलम– हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणको तेस्रो

‘अब कसैको आदेशमा कांग्रेस चल्दैन’ : अर्जुन बस्नेत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधि बनेका अर्जुन बस्नेतले

रामहरि खतिवडाद्वारा कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वकेन्द्रीय सदस्य रामहरि खतिवडाले

टिभिएस मोटरको आफ्टर–सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं– नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा