मच्छिन्द्रनाथको जात्रा सकिएको जानकारी गराइयो « Khabarhub

मच्छिन्द्रनाथको जात्रा सकिएको जानकारी गराइयो


८ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

ललितपुर – मच्छिन्द्रनाथको रथजात्रा सकिएको जानकारी दिन आज जोडी भँगेरा उडाएको छ भने सप्तपातल पोखरीमा जोडी माछा छाडिएको छ ।

वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथजात्रा सकिएको जानकारी इन्द्र महाराजलाई दिनुपर्ने मान्यता रहिआएको पाटनका स्थानीय किरण स्थापितले बताए ।

“रथजात्रा सकिएको जानकारी स्वर्गमा इन्द्र महाराजलाई गराउनुपर्ने कथन छ, सोहीअनुसार मत्र्यमण्डलमा जानकारी दिन जोडी भँगेरा उडाउने र पातालमा जानकारी दिन जोडी माछा सप्तपाताल पोखरीमा छाडिन्छ, त्यही कार्य आज भयो”, स्थापितले भने ।

जोडी भँगेरा उडाउनु र जोडी माछा पोखरीमा छाड्नु अगाडि जात्रा समापनको प्रक्रिया पूरा गर्न बिहानैदेखि बटुकभैरव मन्दिरमा माङ्साहुति यज्ञ गरी ती जोडी भँगेरालाई कथा सुनाइएको थियो ।

गत वैशाख २७ गते बिहीबार रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै सुरु भएको रथजात्रा साउन २० गते आइतबार भोटो देखाएपछि सम्पन्न भएको थियो । भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्गमती पुर्‍याउनुपर्ने परम्पराअनुसार उक्त कार्य सम्पन्न भएको थियो ।

यो जात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो । करिब १६ सय वर्षअघि सुरु भएको मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  १० : ५९ बजे

एमालेको महाधिवेशन : देश बनाउने नेतृत्व छान्ने निर्णायक क्षण

नेकपा एमालेको एघारौँ महाधिवेशन शनिबारदेखि सुरू हुँदा देशको राजनीति एउटा

कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ : डा कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र प्रजातन्त्र

गुटेर्रेसद्वारा इराकमा संयुक्त राष्ट्रसङ्घको मिसन समापनको घोषणा

बग्दाद – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इराकमा संयुक्त राष्ट्रसङ्घको

आफूलाई चुनौती दिनेहरूलाई ओलीको ‘निषेध’, एकमात्रै महिला उपाध्यक्ष अष्टलक्ष्मीलाई पनि बोल्न दिइएन

काठमाडौं- नेकपा एमालेले ११ औँ महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाहघारीमा

८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै

कैलाली – कैलालीमा यस वर्ष ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती