आज २०८१ साल असोज ८ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल असोज ८ गते मंगलबारको राशिफल


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असोज ८ गते मंगलबार तदनुसार सन् २०२४ सेप्टेम्बर २४ तारिख। सप्तमी श्राद्ध। आश्मिन कृष्ण पक्षको सप्तमी तिथि। महालक्ष्मी व्रत समाप्ति। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : नयाँ ठाउँको भ्रमण हुनेछ। राजनीतिक क्षेत्रमा चासो बढ्नेछ। सामाजिक क्षेत्रमा मान र सम्मान बढ्नेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्दा घरको वातावरण शान्त बन्नेछ।

वृष : आफ्नै मित्रबाट धोका हुने जोखिम छ। बोल्नु अगाडि सचेत बन्नु राम्रो हुनेछ। घरजग्गाको कारोबारमा फाइदा हुनेछ। परिवारको सल्लाहमा अगाडि बढेमा प्रगति हुनेछ। समाजसेवाको अवसर मिल्नेछ।

मिथुन : चोटपटक लाग्ने जोखिम रहेकाले सवारी साधन र हतियार चलाउँदा सचेत बन्नुपर्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा घर र परिवारमा शान्ति मिल्नेछ। ठुलो उद्योगमा लगानी नगर्नु राम्रो हुनेछ।

कर्कट : साना कुरामा रिसाउने बानीले आफैलाई पश्चाताप हुनेछ। व्यवहार गर्नु अगाडि सचेत बन्नुपर्नेछ। शत्रु बढ्ने भएकाले व्यवहार गर्दा सचेत बन्नु पर्नेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

सिंह : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। सोचेको काम बन्ने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। बढी महत्त्वकांक्षा राख्नु भन्दा मेहनत गर्नुपर्ने दिन छ। व्यापारमा फाइदा हुनेछ। संकटमा दाजुभाइको साथ मिल्ने योग छ।

कन्या : राजनीतिक क्षेत्रमा ठुलो प्रगति हुनेछ। लामो समयदेखि रोकिएको काम बन्नेछ। सामाजिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। राज्यको महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनसक्ने देखिन्छ।

तुला : साथीभाइले असहयोग गरे पनि परिवारको साथ सहयोग मिल्नेछ। धातुको कारोबार गरेमा फाइदा हुनेछ। यात्राको योग रहेकाले दिन रमाइलोसँग बित्नेछ। नजिकका साथीले भन्दा अपरिचित व्यक्तिले सहयोग गर्नेछन्।

वृश्चिक : यात्रु गर्नु अगाडि सचेत बन्नु राम्रो हुनेछ। लामो यात्रामा नजानु उचित होला। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ। साथी र परिवारको साथ निरन्तर प्राप्त होला।

धनु : बोलीमा मोहनी छ। तपाईंको बोली सुनेर धेरै मानिस प्रभावित हुनेछन्। व्यापारमा सफलता हात नलागे पनि प्रेम सम्बन्ध सफल बन्नेछ। शिक्षा क्षेत्रमा लगानी गरेको भए प्रगति हुने योग छ। पारिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : काममा मेहनत आवश्यक देखिन्छ। घरभित्र मन शान्त बनाउनुपर्ने आवश्यकता देखिन्छ। सोचेको काम पूरा हुन नसक्दा मन दुःखी बन्ने भएकाले साथीभाइसँग सहकार्य गर्दा फाइदा होला।

कुम्भ : नियमित गर्दै आएको कामप्रति निराशा बढ्ने योग छ। महत्त्वपूर्ण काम बन्दा लाग्दा सानो कुराले समस्या निम्त्याउने देखिन्छ। एक्लै निर्णय गर्नुभन्दा परिवारसँगको निर्णयमा काम गर्नु फाइदा होला।

मीन : मनमा उत्साह मिल्नेछ। समाजसेवाको अवसर मिल्नेछ। तपाईंको काम देखेर धेरै मानिस प्रभावित हुनेछन्। श्रमको मूल्य प्राप्त हुनेछ। तपाईंले सकारात्मक सोचेको कुरा पनि केही साथीहरुले नकारात्मक ढंगले व्याख्या गर्ने जोखिम रहेको छ। व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ५ : ०० बजे

ओली–दाहाल मिल्ने चर्चाबीच रामकुमारीको स्पष्टीकरण: कुनै दलसँग चुनावी सहकार्यको प्रस्ताव भएको छैन

काठमाडौं – नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी

झापामा भोट माग्न सादा पोशाकका प्रहरी प्रयोग, बालेन्द्रलाई आयोगले सोध्यो दोस्रो पटक स्पष्टीकरण

काठमाडौं- निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साहलाई दोस्रो पटक

युवा संघले निर्वाचनका लागि देशभर परिचालन कमाण्ड बनाउने

काठमाडौं– नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले आसन्न

नेपालीले मापदण्डभन्दा दोब्बर नुन खान्छन् : डा. उप्रेती 

काठमाडौं– नेपालीहरूले विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा दोब्बर बढी नुन

प्रतिनिधिसभा सदस्य निर्वाचन : आयोगले सोध्यो २९ स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने थप नौ जनालाई