अर्जुन घिमिरे भन्छन्- फिल्म ‘लाज शरणम्’मा धुर्मुसको अभिनय छैन « Khabarhub

अर्जुन घिमिरे भन्छन्- फिल्म ‘लाज शरणम्’मा धुर्मुसको अभिनय छैन


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कलाकारिताबाट विश्राम लिएर समाज सेवामा लागेका सिताराम कट्टेल ‘धुर्मस’ अभिनयकर्ममा फर्किएका छन् ।

चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम निर्माणमा असफल भएपछि उनी अभिनयमा फर्किन लामो समय लाग्यो ।

यही असारको सुरुवातमा धुर्मुस र उनको श्रीमति कुन्जाना घिमिरे ‘सुन्तली’को अभिनय भएको म्युजिक भिडियो सार्वजनिक भयो ।

असारको अन्त्यबाट यो जोडीले युरोपका विभिन्न देशका सहरमा आयोजिक कार्यक्रमको मञ्चमा उक्लिएको थियो । त्यस समय यो जोडी करिब ५ वर्षपछि स्टेज कार्यक्रममा कलाकारकारुपमा सहभागी भएको हो ।

स्टेडियम निर्माणकै लागि आर्थिक जुटाउन वि.सं. २०७६ फागुनमा यो जाडीले ‘सेन्टी भाइरस’ फिल्म निर्माण गरेको थियो । फिल्मले पनि अपेक्षित व्यापार गरेन । यो जोडीले नेतृत्व लिएर निर्माण सुरु गरेको स्टेडियम पनि आर्थिक स्रोत नजुट्दा अलपत्रमा पर्‍यो ।

टेलिसिरियल ‘सक्किगोनी’को टिमले बनाउने लागेको फिल्म ‘लाज शरणम्’को छायांकनस्थल डोल्पाबाट ‘धुर्मुस’को तस्बिर बाहिरिएको छ ।

यही तस्बिरका कारण धुर्मुसले ठूलो पर्दामा ‘कम ब्याक’ गर्न लागेका हुन सक्ने आँकलन गर्न थालिएको छ ।

यो फिल्ममा उनका भाइ कुमार कट्टेल ‘जिग्री’कै लेखन र निर्देशन गर्ने भएकाले यो आशंका स्वभाविक छ । अझ फिल्म उनका भाइ जिग्री र सक्किगोनीका अर्का कलाकार एवम् निर्देशक अर्जुन घिमिरे पाँडेको कम्पनी जेपीटी क्रिएसनको ब्यानरमा बन्न लागेको हो ।

त्यसो भए के धुर्मुशले जिग्री-पाडे क्रिएसनमा ब्यानरमा निर्माण हुने ‘लाज शरणम्’मा अभिनय गर्न लागेका हुन् त ?

फिल्मका कलाकारसमेत रहेका अर्जुन भने फिल्ममा धुर्मुसको अभिनय नरहेको बताउँछन् । अहिलेसम्मको अवस्थामा धुर्मुस फिल्ममा अनुबन्ध नभएको उनको दाबी छ ।

अर्जुन खबरहबसँग भन्छन्, ‘उहाँले छायांकनमा सहभागी भएको कुरा झूटो हो । उहाँको अभिनय रहनेबारे छलफल पनि भएको छैन ।’

धुर्मुस केही दिनअघि डोल्पमा गएको कुरा भने साँचो हो । स्रोत भन्छ, ‘उहाँ भाइहरूको सुटिङ कस्तो हुँदै छ भनेर बुझ्न जानुभएको थियो ।’

फिल्मको छायांकन आधाभन्दा बढी बाँकी छ । पहिलो चरणको डोल्पाको छायांकन सकिन अझै साता बाँकी छ । दोस्रो चरणको छायांकन काठमाडौं र अन्य स्थानमा हुने निर्माण पक्षले जनाएकाे छ ।

यस फिल्ममा सक्किगोनीका अधिकांश कलाकारको अभिनय छ ।  टिमबाहिरबाट वरिष्ठ कलाकार मुकुन्द श्रेष्ठ, कलाकार विजय बराल मुख्य भूमिकामा छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ३ : ३९ बजे

ड्रोन आक्रमणपछि यूएईको आणविक केन्द्र बाहिर आगलागी

काठमाडौं – यूएईको अबुधाबीस्थित अल धफरा क्षेत्रमा रहेको बराकाह आणविक

मिथिला नगरपालिकाका ४८३ परिवारलाई लालपूर्जा वितरण

जनकपुरधाम – विगत लामो समयदेखि (भूमिहीन) सुकुमवासीको रूपमा बस्दै आएका

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन – गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ

आजका समाचार : एमालेको ब्यानरमा विद्या भण्डारी, जसपा–लोसपा एकीकरणमा त्रिपाठी असहमत र इबोलाको जोखिम बढ्दो

विद्या भण्डारी एमालेको ब्यानरमा, मदन–आश्रित स्मृति सभामा प्रमुख अतिथि विद्यादेवी

पञ्जाब किंग्समाथि शानदार जित निकाल्दै आरसीबी प्लेअफमा

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६१औँ खेलमा आइतबार