स्नातक पास नहुँदा प्रस्तावित राजदूत भट्टराईले आफैं नाम फिर्ता लिए « Khabarhub

स्नातक पास नहुँदा प्रस्तावित राजदूत भट्टराईले आफैं नाम फिर्ता लिए


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् ।

मंगलबार दिउँसो ३ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूतबाट अस्वीकृत हुनुअघि नै उनले नाम फिर्ता लिएका हुन् ।

संघीय संसद् सचिवालयका अनुसार भट्टराई आफैं संसदीय सुनुवाइ समितिको सचिवालयमा पुगेर व्यस्तताको कारण देखाउँदै नियुक्ति प्रक्रियाबाट नाम फिर्ता लिने निवेदन दिएका हुन् ।

सिंहदरबारमा सोमबार बसेको बैठकमा प्रस्तावित राजदूत भट्टराईको नाम अस्वीकृत गर्न दुईतिहाइको संख्या नपुगेपछि मंगलबार दिउँसो ३ बजेका लागि बैठक डाकिएको थियो ।

सोमबारको बैठकमा १५ मध्ये ८ सदस्यमात्रै सहभागी थिए । समितिले माग गरेको स्नातक तहको शैक्षिक प्रमाणपत्र बुझाउन नसकेपछि प्रस्तावित राजदूत भट्टराईको नाम अस्वीकृत गर्ने तयारी समितिको थियो। तर उनले समितिको बैठकअगावै आफैं नाम फिर्ता लिएका हुन् ।

प्रस्तावित राजदूतको नाम मंगलबार बस्ने समितिको दुईतिहाइ संख्याले अस्वीकृत गर्ने तयारी थियो ।

भट्टराईले राजदूत नियुक्तिका लागि आवश्यक स्नातक तह पासको प्रमाणपत्र उपलब्ध गराउन नसकेपछि समितिले यसअघि सोमबारसम्म प्रमाणपत्र बुझाउने समय दिएको थियो ।

तर उनले सोमबार पनि उक्त प्रमाणपत्र सोमबार पनि उपलब्ध गराउन सकेका थिएनन्। प्रमाणपत्र नआएपछि समितिको बैठक मंगलबार बसेर उनको नाम राजदूतमा अस्वीकृत गर्न लागिएको थियो ।

मंगलबार दिउँसो बस्न लागेको बैठकले प्रस्तावित राजदूतले नाम फिर्ता लिने निवेदन दिएकाले त्यसबारे ठोस निर्णय लिने भएको छ।

संसदीय सुनुवाइ समिति सभापति इश्वरीदेवी न्यौपानेले बैठकबाटै आवश्यक छलफल गरेर निर्णय लिने जानकारी दिएकी छन् ।

उनले न्यूनतम योग्यता नपुगेको व्यक्तिलाई राजदूतका लागि सरकारले सिफारिस गरेकोमा ठिक नभएको बताइन् ।

भट्टराईलाई राजदूतमा सिफारिस गरेको मंगलबार ४५ दिन पुग्न लागेकाले आजै अन्तिम निर्णय लिनुपर्ने थियो । स्नातक उत्तीर्णको प्रमाणपत्र ल्याउन नसकेपछि उनी आफैं अब पछि हटेका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ३ : २२ बजे

ह्वाइट हाउसमा ट्रम्प र इराकी प्रधानमन्त्री अल-जैदीबीच भेट, ‘आर्थिक साझेदारी’ मा जोड

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री अली

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असार ३१ गते बुधबार सन् २०२६

आज २०८३ साल असार ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३१ गते बुधबार सन् २०२६

फ्रान्सलाई सजिलोसँग हराउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौं-स्पेन फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका