दाङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन « Khabarhub

दाङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

 देउखुरी– सरकारले चाडपर्व लक्षित सुपथ पसल सञ्चालन गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुर र साल्टट्रेडिङ कर्पोरेसन घोराहीले सुपथ मूल्य पसल सञ्चालन गरेका हुन् । 

यस वर्ष चामल, नून र चिनी बिक्रीका लागि राखिएको साल्ट ट्रेडिङ कर्पोरेसन घोराहीले जनाएको छ । चाडपर्व लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सुरु गरेपछि स्थानीय उपभोक्ता खुसी भएका छन् । सङ्घीय सरकारको निर्णयअनुसार दाङमा यही असोज ७ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो । 

घोराही उपमहानगरपालिका –१८ की सीता चौधरीले घोराहीमा खुलेको सुपथ पसलमा सामान किन्दा प्रतिकिलो रु पाँच सस्तो पाएको बताए।

‘ज्याला मजदुरी गरेर खाने मान्छेलाई एक दुई रुपैयाँ सस्तो पाउँदा पनि खुसी लाग्ने रहेछ’, उनले भने, ‘प्रत्येक वर्ष सञ्चालन हुने सुपथ मूल्य पसलमा सामान किन्न आउने गरेको छु ।’ पसलमा नून, चिनी मात्रै राख्ने गरेकामा अन्य उपभोग्य सामग्री पनि राख्न उनको सुझाव छ । 

साल्ट ट्रेडिङका ‘आउटलेट’बाट नूनमा प्रतिकेजी दुई, चिनीमा पाँच, तेलमा सात, चिउरामा सात, पिठो र मैदामा पनि सात छुट दिइरहेको घोराहीका प्रमुख रामबाबुप्रसाद गुप्ताले जानकारी दिए। 

तुलसीपुरमा सञ्चालित सुपथ मूल्य पसलमा चामल बिक्रीका लागि राखिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले सहुलियत पसलमा ‘स्टिम’ जिरा मन्सुली र अरुवा मन्सुली चामल बिक्रीका लागि राखेको छ । सुपथ मूल्य पसलबाट यो वर्ष एक हजार सात सय ५० क्विन्टल चामल बिक्री गर्ने कोटा पाएको व्यापार कम्पनीका प्रमुख तिलक सुनारले जानकारी दिए।

उनका अनुसार यही असोज ६ गतेबाट सञ्चालन भएको सहुलियत मूल्यको पसल माघ २ गतेसम्म चल्नेछ । प्रति केजी पाँच रुपैयाँ सहुलियतमा सुपथ मूल्यको पसलबाट चामल बिक्री भएको उनले बताए। स्टिम जिरा मसिनो चामल दुई हजार एक सय २५ मा तथा अरुवा मन्सुली चामल रु एक हजार पाँच सयमा बिक्री भएको उनले बताए। 

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ३ : ४४ बजे

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म