आज २०८१ साल कात्तिक ८ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल कात्तिक ८ गते बिहीबारको राशिफल


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल कात्तिक ८ गते बिहीबार तदनुसार सन् २०२४ अक्टोबर २४ तारिख। कात्तिक कृष्ण पक्षको सप्तमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : सञ्चित धन खर्च हुनेछ। साथीले असहयोग गरेकाले मन भारी हुनसक्छ। उपचारकोक्रममा भए स्वास्थ्यलाभ हुनेछ। व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। अपरिचित साथीबाट सहयोग हुनसक्छ। परिवारको तर्फबाट रचनात्मक साथ मिल्नेछ।

वृष : आफ्नो बोली सम्हाल्न कठिन हुने दिन छ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने दिन छ। काम गर्ने भए बन्धु र अग्रजसँग सल्लाह लिनु आवश्यक देखिन्छ। राजनीतिक संगठनमा साथीहरु विपक्षीसँग मिल्ने भएकाले समस्या हुनसक्छ।

मिथुन : धनलक्ष्मी योग रहेकाले सम्पत्ति कमाउने दिन छ। विदेशमा भन्दा स्वदेशमा रोजगारीको अवसर मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। परिवारले साथ दिनेछ।

कर्कट : तपाईंको राशिमा चन्द्रमा उच्च स्थानमा पुगेका छन्। बोलीको प्रभावले राम्रो काम बन्ने भएकाले परोपकारमा प्रयोग गर्नु राम्रो हुनेछ। पुरानो रोगलाई हेप्ने बानीले समस्या हुनसक्छ।
प्राविधिक शिक्षाको लगानीबाट लाभ हुनेछ। लगानीमा हिम्मत गर्नु राम्रो हुनेछ। परिवारमा बढी विश्वास गरेमा धोका हुनसक्छ।

सिंह : बौद्धिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ। राजनीतिक संगठनबाट सेवाको अवसर प्राप्त हुनेछ। परिवारमा भने मेलमिलाप हुने दिनछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन राम्रो छ। कृषि, फलफूल र खेतीपातीबाट राम्रो आम्दानी हुनेछ। लगानीका क्षेत्रमा हात बढाउनु राम्रो हुनेछ। बौद्धिक बन्धुसँग सल्लाह लिएर अगाडि बढेमा तपाईंको दिन सफल बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

तुला : कर्मस्थानमा चन्द्रमा रहेकाले कर्मको फल प्राप्त हुनेछ। स्वदेशी भन्दा विदेशको रमझमले मन तान्नसक्छ। शिक्षाको क्षेत्रमा आलश्यता बढ्ने जोखिम छ। प्रतिस्पर्धी शान्त भएकाले निजी काम सहजै बन्नेछ।

वृश्चिक : तपाईंका लग्नमा शुक्र भएकाले राम्रो काम बन्नेछ। रोग लागेको थाहा भएर पनि खानपानमा लापरवाही गर्दा सताउने जोखिम छ। प्राविधिक शिक्षाको तर्फबाट आम्दानी बढ्नेछ। परिवारमा झुकाव हुनाले धोका हुनसक्छ। व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

धनु : दिन सामान्य छ। लगानीको क्षेत्रमा ढिलासुस्ती हुनेछ। व्यापारमा घाटा हुनेछ। आफ्नो हातबाट भन्दा सहकर्मीको हातबाट व्यवहार गर्नु राम्रो हुनेछ। कानुनी लडाइँ भने जित्ने योग छ।

मकर : खर्च बढ्ने खतरा छ। सप्तम भावमा उच्च चन्द्रमा भएकाले परिवारको साथ लिएर गरेको काम सफल बन्नेछ। स्वदेशी लगानी भन्दा विदेशको लगानीबाट नाफा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : टाउको दुख्ने जोखिम बढी हुनसक्छ। सानो कुराले सताउने खतरा छ। आध्यात्मिक क्षेत्रका काममा सहभागी भए दिन सहज बन्नेछ। धार्मिक कार्यक्रम बन्नेछन्। परिवारमा भने तपाईंमाथि शंका बढ्नेछ।

मीन : तपाईंको लगानीबाट नाफा हुनेछ। सामाजिक र राजनीतिक संगठनमा पहुँच विस्तार हुनेछ। शुभकार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ। औषधी नियमित बन्न नसक्दा रोगले सताउने खतरा छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ५ : ११ बजे

प्रधानमन्त्रीले संसद् ‘बङ्क’ गरेको भोलिपल्ट राष्ट्रपतिले बोलाए सभामुखलाई

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पढिरहेका

मिरजको नेतृत्वमा देशभर युवा सञ्जाल गठन हुँदै, चितवनमा तोकियो जिम्मेवारी

चितवन- युवा शक्तिलाई संगठित गर्दै वैकल्पिक राजनीतिक शक्तिका स्थापित गर्ने

अपहरण मुद्दामा श्रममन्त्री यादवका ड्राइभर पक्राउ, युवकलाई नाङ्गै बनाएर थुक चाट्न लगाएका थिए

काठमाडौं- सप्तरी प्रहरीले अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दामा

पुल निर्माणमा ढिलासुस्ती भएपछि १२ वर्षपछि ‘तोडियो’ सम्झौता

डुम्रे– तराई र पहाडी क्षेत्र जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको

एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनित

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको उपनेतामा पार्टीका सचिव