स्वर्णिमको दाबी : रविलाई राजनीतिक प्रतिशोध साँध्न पक्राउ गरेको पुष्टि भयो « Khabarhub

स्वर्णिमको दाबी : रविलाई राजनीतिक प्रतिशोध साँध्न पक्राउ गरेको पुष्टि भयो

रास्वपाले पोखरामा अन्तिम प्रदर्शन गर्दै, अब काठमाडौं केन्द्रित हुने


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर सरकारले पक्राउ गरेको आरोप लगाएको छ ।

कास्कीको पोखरामा आज बिहान पत्रकार सम्मेलन गरी पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले सभापति लामिछानेलाई पक्राउ गरेर पोखरा ल्याएको ६ दिन बितिसक्दा ४–५ घण्टामात्रै बयान लिनु यसैको पुष्टि रहेको बताए । उनले कागजात पुगेन भनेर फेरि म्याद थप्न खोजिएको बताए ।

उनले भने, ‘हाम्रो सभापतिलाई दाल भात खुवाउन ल्याएको हो पोखरा ? देखाइदिन्छु भन्ने शैलीमा सरकार प्रस्तुत भयो । १२५ घण्टामा ४–५ घण्टामात्रै बयान भएको छ । कागजात पुगेन भनेर फेरि म्याद थप्ने तयारी गरेको छ ।’

सरकारले नयाँ वैकल्पिक दललाई दबाउन खोजेको र सभापतिलाई थुनामा राखेको उनको आरोप छ । भ्रष्टाचार गरेको हो भन्ने विषयमा कुनैपनि प्रतिवेदनमा प्रमाणित नभइसकेको अवस्थामा सभापतिलाई पक्राउ गर्नु उचित नभएको पनि बताए ।

उपाध्यक्ष वाग्लेले न्यायपालिकाबारे आफ्नो पार्टीका कसैले नकारात्मक टिप्पणी नगरेको स्पष्ट पारे ।

न्यायालयको फैसलामा विमति राख्नुपर्ने अवस्था आए पनि स्वीकार गर्ने भन्दै उनले छानीछानी डीएसपी र सीडीओ पठाउने काम भइरहेको उल्लेख गरे ।

उपाध्यक्ष वाग्लेले अब पोखरा केन्द्रित आन्दोलन रोकेर काठमाडौंमा प्रदर्शन गर्ने जानकारी दिए । उनले पोखरामा आज हुने प्रदर्शन अन्तिम हुने बताए ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पोखरामा सहकारी पीडितलाई रास्वपाका कार्यकर्ताले धम्की दिएको विषयको खण्डन गरेका छन् । उनले कुनै कार्यकर्ताले धम्की दिएको प्रमाण दिन चुनौती समेत दिएका छन् ।

उनले सहकारी पीडितहरू आफूहरूको आन्दोलनमा सहभागी भएको दाबी गर्दै नक्कली पीडितले प्रदर्शन गरिरहेको बताए ।

यो पनि –

लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेस गरिँदै

 

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  १० : ३७ बजे

इतरको भेला उद्घाटनमा गएका पूर्णबहादुर समापनमा किन भए गयल ?

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला समापनका दिन

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली– कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित

राप्रपाको नवलपरासी जिल्ला अध्यक्षमा रामभवन यादव, नागार्जुनमा महेश रिमाल

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला

देउवा समूहको सम्मेलन : ५ प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा भएको राष्ट्रिय भेलाबाट

कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला : पाँच प्रतिवेदन पारित, महाधिवेशनको जिम्मा शशांकलाई

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा आयोजना गरेको राष्ट्रिय