जग्गा दान लिनु स्वाभाविक, विवाद गरिरहनु आवश्यक छैन : शंकर पोखरेल « Khabarhub

जग्गा दान लिनु स्वाभाविक, विवाद गरिरहनु आवश्यक छैन : शंकर पोखरेल


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गा दान लिनु स्वाभाविक भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले जग्गा दान लिएको विषयमा विवाद गर्नु आवश्यक नभएको टिप्पणी गरेका हुन् । 

उनले महाविपत्तिमा भएको क्षतिको पुननिर्माणमा सहयोग प्राप्त गर्ने र सहयोग गर्ने प्रचलन पुरानै भएको र महाविपत्तिपछिको राहत, उद्धार र पुननिर्माणमा राज्यले समेत नागरिक र अन्तर्राष्ट्रिय समुदायको समेत सहयोग लिने गरेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्-  महाविपत्तिमा भएको क्षतिको पुननिर्माणमा सहयोग प्राप्त गर्ने र सहयोग गर्ने प्रचलन पुरानै हो । महाविपत्ति पछिको राहत, उद्धार र पुननिर्माणमा राज्यले समेत नागरिक र अन्तर्राष्ट्रिय समुदायको समेत सहयोग लिने गरेको तथ्यसँग नेपालीजन जानकार छ । नेकपा(एमाले) नयाँ पार्टी कार्यालय बनाउन लागि रहेको होइन । पुरानो पार्टी कार्यालय महाभूकम्पका कारणले क्षतिग्रस्त भएकोले पुननिर्माण गर्न लागेको हो ।

आजभन्दा १० वर्ष पहिलेको विनाशकारी भूकम्पमा भएको भौतिक क्षतिको पुननिर्माणको नेतृत्व नेकपा(एमाले) आफैले सरकारमा रहँदा गरेको थियो ।

पहिले जनताका घर पुननिर्माण गर्ने, त्यसपछि सरकारी भवन र सम्पदाको पुननिर्माण गर्ने नीति लिएको थियो । यी सबै काम सकिएपछि मात्र पार्टी कार्यालय भवन पुननिर्माण गर्न खोजेको हो । त्यो पनि बाढी र डुबानका कारणले भाडामा रहेको पार्टी कार्यालयमा ठुलो क्षति बेहोर्नु परेको अवस्थामा आफ्नै कार्यालय भवन बनाउन खोजेको हो ।

राजनीतिक दलहरू पनि समाजिक संस्था भएका कारणले त्यसको पुननिर्माणमा राज्य र नागरिक स्तरबाट सहयोग प्राप्त गर्ने स्वभाविक हक रहन्छ नै ।

कतिपय राजनीतिक दलहरूले सुरुमै चन्दा र दानबाट पार्टी भवन निर्माण गरेको दृष्टान्त छ । यस्तो अवस्थामा नेकपा(एमाले) पारदर्शी तरिकाबाट लिएको कार्यालय भवन निर्माणको सहयोगलाई अन्यथा रुपमा चित्रण गर्ने र बहसको विषय बनाउने कुरा उचित होइन ।

एमाले कार्यकर्ताबाट सहयोग संकलनको अभियान नचलाएको होइन । बल्खुस्थित जमिनमा खोला किनारमा संरचना निर्माणको नयाँ मापदण्ड जारी भएका कारणले सम्भव भएन । पार्टी पंक्ति भित्रबाट सहयोग पर्याप्त संकलन हुन नसकेको र पुरानो जमिनमा पार्टी कार्यालय भवन निर्माण हुने अवस्था नदेखिएपछि दानमा जमिन लिने संस्थागत निर्णय गरिएको थियो ।

यस्तो अवस्थामा नेकपा (एमाले) विनाशकारी भूकम्पमा भएको क्षतिग्रस्त भवनको पुननिर्माणका लागि पार्टीका शुभेच्छुकले सहयोग गर्ने चाहना समेत राखेकोले सहयोग लिएको हो । यस्तो सहयोग लिनु स्वभाविक हो । अन्यथा ठान्न मिल्दैन ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  १ : २३ बजे

सडक दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह सुरु (तस्बिरहरू) 

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा ‘दुर्घटना न्यूनीकरण विशेष

तस्बिरमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेको छ ।

कफी उत्पादक किसानलाई व्यावसायिक कफीखेती प्रविधि तालिम

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाका कफीखेती गर्दै आएका किसानहरूलाई व्यावसायिक

कांग्रेस विशेष महाधिवेशन पक्षधरको आजका औपचारिक कार्यक्रम स्थगित

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आजका लागि तय भएका

कम्पनीको कागजात दुरूपयोग गर्ने व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम