जानिराखौँ मोबाइललाई चार्ज गर्दा गर्नै नहुने काम « Khabarhub

जानिराखौँ मोबाइललाई चार्ज गर्दा गर्नै नहुने काम


८ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजकल हामी स्मार्टफोनमा धेरै निर्भर भएका छौँ। या सम्मकी स्मार्टफोन बिना एक मिनेट पनि कल्पना गर्न असम्भव भएको छ । या सम्म मोबाइल फोन प्रयोग गर्छौँ कि किनमेल, बिल भुक्तानी, टिकट बुकिङदेखि लिएर हामी वरपरका परिवार र साथीभाइसँग जोडिन पनि माेबाइलकाे प्रयाेग गर्छौँ । यसले हाम्रा दैनिक कामहरूमा निकै सहयोग पुर्‍याएको छ । तर, अर्कोतिर यसको बेफाइदा पनि छ । त्यो हो– हामीले चलाउने स्मार्टफोनको ब्याट्री धेरै नटिक्नु ।

त्यसैले हामी मोबाइललाई पावरमा जोडिरहेका हुन सक्छौँ, मोबाइल जति बेलै चार्ज गर्न खोजिरहेका पनि हुन सक्छौँ । तर, मोबाइल चार्ज गर्दा केही कुराहरूमा चाहिँ ध्यान दिनु पर्ने हुन्छ ।

मोबाइल धेरै बेर चार्जमा नजोड्नोस् – सामन्यतयाः तीन घण्टाभन्दा बढी मोबाइल चार्जरमा जोडिरहनु हुँदैन । त्यसैले राति मोबाइलमा चार्जर जोडेर छोड्ने बानी छ भने हामी त्यसबाट सतर्क हुनुपर्छ ।

पावर बैंक वा डुप्लिकेट चार्जर – पावर बैंक वा डुप्लिकेट चार्जरले मोबाइल चार्ज गर्ने बानी छ भने आजैदेखि यो बानी पनि हटाउनोस् ।  यसले हाम्रो मोबाइलको ब्याट्री निकै छिटो बिग्रने समस्या हुनसक्छ ।

चार्ज गर्दै नचलाउने – मोबाइललाई चार्ज गर्दै चलाउने बानी छ भने आजैदेखि यस्तो बानी त्याग्नोस् । सबैभन्दा खराब यो बानीले तपाईँको ज्यानै पनि लिन सक्छ ।

चार्ज लाउँदै बोल्न नहुने – मोबाइललाई चार्जमा लगाउँदै फोनमा बोल्ने तपाई हाम्रो बानी छ भने त्यो पनि खराब नै हो । चार्ज गरिरहेका बेला नै मोबाइलमा बोलिदा अधिक सक्रिय अवस्थामा रहेका इलेक्ट्रो म्याग्नोटिक्स वेभबाट निस्कने रे अर्थात् विकिरणले मानव शरीरलाई घात गर्छ ।

मोबाइल चलाउँदै चार्ज गर्दा विद्युत् सर्ट हुने खतरा बढी हुन्छ । यसले तपाईँको मोबाइल पड्किएर तपाईँको ज्यान पनि लिन सक्छ । एजेन्सीको सहयोगमा 

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  २ : ०७ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको