दैनिक १० घण्टा बहिरङ्ग सेवा दिँदै नगर अस्पताल « Khabarhub

दैनिक १० घण्टा बहिरङ्ग सेवा दिँदै नगर अस्पताल


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कागेश्वरी – कागेश्वरी मनोहरा नगर अस्पतालले दैनिक १० घण्टा बहिरङ्ग सेवा उपलब्ध गराउँदै आएको छ । बिरामीले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म बहिरङ्ग सेवामार्फत उपचार गराइरहेको अस्पतालका मेडिकल अधिकृत डा सन्तोष रम्तेलले जानकारी दिए। 

उनले भने, ‘हामीकहाँ बहिरङ्ग (ओपीडी) अन्त जस्तो नर्मल छैन । साँझ ५ बजेसम्म त टिकट काट्छौँ । यदि कोही डा खाली भएमा पौने ६ बजेसम्म टिकट काटेर जाँच गर्छौंँ ।’ उनकाअनुसार यस अस्पतालमा दैनिक पाँच सयको हाराहारीमा सेवाग्राही आउने गर्छन् । ‘कार्यविधि बनाएरै प्रत्येक दिन एक सय ५० जना बिरामीको उपचार गर्छौँ,’ मेडिकल अधिकृत रम्तेलले भने। 

अस्पतालमै कार्यरत अर्का डाक्टर निवेश सुवेदीले अस्पताल स्तरोन्नतिको प्रक्रियामा रहेको बताए। सुरुवातमा १५ शय्याबाट सञ्चालन थालिएको सो अस्पताल अब ५० शय्याको स्तरोउन्नति प्रक्रियामा रहेको उनले बताए। उनका अनुसार यस अस्पतालले स्याटलाइट ओपिडीसमेत सञ्चालन गरेको छ । 

स्याटलाइट ओपिडी सेवाबाट कागेश्वरी मनोहरा नगरपालिका–१ गागलक्षेत्रका स्थानीय लाभान्वित भएको उनले सुनाए । दुर्गम गागल क्षेत्रमा स्थानीय तहद्वारा सञ्चालित ‘मेयरसँग ज्येष्ठ नागरिक’ र ‘मेयरसँग बालबालिका’ कार्यक्रम अति उपयोगी भएको डाक्टर सुवेदीको भनाइ छ । यी कार्यक्रमबाट ६० वर्ष माथिका ज्येष्ठ नागरिकले उपचारसँगै अल्ट्रासाउण्ड, एसीजी, औषधिलगायतका निःशुल्क सुविधा प्राप्त गरेका छन् ।

अस्पतालको सेवा सन्तोषजनक रहेको सेवाग्राही सीतादेवी खड्काले बताए। मुटुको समस्याले ओखलढुङ्गाबाट उपचारका लागि आएकी उहाँनले उपचारपश्चात निकै बिसेक भएको बताए। 

अस्पतालले १० घण्टा बहिरङ्ग सेवा दिँदा सेवाग्राहीलाई सहज भएको स्थानीय भीमराज खड्काले बताए। ‘अफिस छुट्टी लिएर अस्पताल धाउनुपर्ने बिरामीका लागि सहज भएको छ,’ खड्काले भने।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  २ : ३१ बजे

राष्ट्रियसभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाले रसुवा बाढीपछि विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रस्ताव पारित गरेको

तापेथोक–लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा

ताप्लेजुङ– ताप्लेजुङ–लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा आएको छ । तमोर नदीमाथि

राष्ट्रियसभा सदस्य : सरकारबीच समन्वय गरेर उद्धार प्रभावकारी बनाउन आग्रह

काठमाडौं– राष्ट्रियसभा सदस्यहरुले संघ, प्रदेश र स्थानीय सरकार तथा जनप्रतिनिधिहरूबीच

अमेरिकी आर्थिक कारबाहीमा ईयूको समर्थनप्रति इरानको निन्दा

एजेन्सी– इरानविरुद्ध अमेरिकाले जारी गरेको आर्थिक कारबाहीमा (युरोपियन युनियन) ईयूको

अभिनेत्री मनीषाको विश्व समुदायलाई अपिल : भ्रमण गरिदिएर नेपालको पर्यटन चलायमान बनाइदिनुस्

काठमाडौं– नेपाल–तिब्बत सीमा क्षेत्र आसपास आएको विनाशकारी बाढीले देश शोक