खाँडो जीता नदीमा पुल नहुँदा आवतजावतमा समस्या « Khabarhub

खाँडो जीता नदीमा पुल नहुँदा आवतजावतमा समस्या


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कुनौली– तिलाठी कोइलाडी गाउँपालिका- १ स्थित नाकाबाट स्थानीयवासी दैनिक सयौँको सङ्ख्यामा भारतीय बजार जान्छन् । दैनिक उपभोग्य वस्तु खरिद तथा उता रहेका आफन्तकहाँ जाने यहाँका स्थानीयको मुख्य बाटो यही हो । यही नाकामा पर्ने खाँडो–जीता नदीमा पुल नहुँदा पैदलयात्रीलाई आवतजावतमा समस्या हुने गरेको छ । 

अन्य समयमा नदीमा कम पानी भएकाले जसोतसो ओहोरदोहोर गरिए पनि वर्षायामको बेला जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको तिलाठी कोइलाडी गाउँपालिका–१ का दिपेन्द्र यादवले बताए।

‘हाम्रो दिदिबहिनी भारत बिहे गरेर गएका छन्, उताका पनि यहाँ आएका छन्, साउन भदौमा बाढीले आवतजावत गर्नै सकिन्न’, उनले भने, ‘तिलाठी, बेल्ही, सकरपुरा, विरपुर, लोखरमलगायत दर्जनौँ ठाउँका मान्छेले यही बाटोहुँदै हिँड्नुपर्छ, अर्को बाटो जाँदा १५-२० किमी घुमेर जानुपर्छ, पुल नहुँदा धेरै समस्या छ ।’

राजविराज भन्सार कार्यालय अगाडि चार दशकदेखि चचरी (बाँसको पुल)बाट आवतजावत गरिन्थ्यो । पुल व्यक्तिगत लगानीमा बेल्हीका छेदी राय र उहाँपछि छोरा रामचन्द्र रायले बनाउँदै आएका थिए । नजिकका गाउँलेबाट पुल प्रयोग गरेबापत बर्सेनि  धान, चामल, गहुँ लिने र टाढाका व्यक्तिले पुलपार गर्दा न्यूनतम शुल्क लिने गरिन्थ्यो । 

विसं २०७८ जेठमा चचरी बनाउन लाग्दा भारतीय सुरक्षाकर्मीले रोकेपछि चचरी पनि छैन् । ‘चचरी हुँदा त्यति समस्या थिएन वर्षायाममा साइकल मोटरसाइकल तार्न सकिन्थ्यो’, स्थानीयवासी बैजु साहले भने। 

भारतीय बजारबाट यस नाकाहुँदै आउने मालबाहक गाडी वर्षायाममा रोकिन्छन् । बाढीले विगत तीन दशकदेखि कटान हुँदा समस्या भएको तिलाठी कोइलाडी गाउँपालिका– १ का वडाध्यक्ष दिनेश्वर मिश्रको भनाइ छ । उहाँले यहाँ सङ्घीय सरकारले पुल निर्माण गर्नुपर्ने बताए

उनले मितेरी पुलको अत्यन्तै आवश्यकता रहेको बताए। ‘दुई देशबीचको मात्र सम्बन्ध छैन् यहाँ त परिवार–परिवार, व्यक्ति–व्यक्तिको सम्बन्ध छ, त्यसलाई थप मजबुत बनाउन पनि यी समस्या समाधान हुनुपर्छ’, उनले भने। 

मालबाहक गाडी र अन्य गाडीको सहज आवतजावत नहुँदा भन्सार कार्यालयको राजस्व सङ्कलनमा प्रत्यक्ष असर पर्ने गरेको भन्सार कार्यालयका सूचना अधिकारी अजयप्रकास भगतले जानकारी दिए।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ३ : ५७ बजे

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मत गतगणना जारी

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

बडादसैँको दोस्रो दिन मैतीदेवी मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको आज दोस्रो दिन । आज दसैँ

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ