पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार « Khabarhub

पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो पाँच महिनामा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रमअन्तर्गत ५५ जनाको उद्धार गरेको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले गत साउनदेखि कात्तिकसम्ममा ५५ गर्भवती तथा सुत्केरीको उद्धार गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले जानकारी दिए ।

मन्त्रालयले सडक बालबालिकामुक्त नेपाल बनाउने अभियानअन्तर्गत स्थानीय तहसँग सडक बालबालिकाको तथ्यांक माग गरेको छ । विभिन्न १० स्थानीय तहमार्फत जम्मा ५६ सडक बालबालिकाको तथ्यांक आएकामा राष्ट्रिय बालअधिकार परिषद्मार्फत पुनःस्थापना संरक्षण तथा व्यवस्थापनको कार्य प्रक्रिया अगाडि बढाएको छ ।

पछिल्लो पाँच महिनाको अवधिमा एक हजार ६ सय ८१ हराएका बालबालिकामध्ये एक हजार चार सय ४६ जना फेला पारी पारिवारिक पुनर्मिलन गरिएको मन्त्री सुडीले बताए । संघीयस्तरको एक निकाय प्रादेशिक इकाई तथा बाल सुधारगृहको व्यवस्थापनका लागि तयारी गर्नुका साथै बालबालिकासम्बन्धी ऐन, २०७५ संशोधनका लागि मस्यौदा मन्त्रिपरिषदमा पेस गर्ने तयारी भइरहेको उनले बताए ।

मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ संशोधन विधेयकको मस्यौदा र मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८१ को मस्यौदा मन्त्रिपरिषद्मा पेस गर्ने पनि तयारी गरेको छ ।

गत असार ३१ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम आगामी २०८२ असार मसान्तसम्ममा नेपाललाई सडक बालवालिकामुक्त बनाउने सम्बन्धमा सरोकारवाला र स्थानीय तहसँग समन्वय तथा सहकार्यमा काम भइरहेको मन्त्रालयले जनाएको छ ।

बालबालिकामा भएको लगानीको लेखाजोखा गर्न ‘बजेट कोड’ तयार गर्ने सम्बन्धमा तयारी भइरहेको र बालबालिकासम्बन्धी ऐन, २०७५ को संशोधनको लागि सरोकारवालासँग सुझाव संकलनको कार्य भइरहेको तथा मस्यौदा तयारी गर्ने क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ७ : ४७ बजे

तनहुँ बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु, नौ जना गम्भीर घाइते

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको बस दुर्घटनामा

पूर्ण खोप अभियान सुरु : १५ महिनासम्मका बालबालिकालाई १३ रोगविरुद्ध निःशुल्क खोप

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व खोप सप्ताहको अवसर पारेर

सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि

मेलुङ गाउँपालिका पुर्णखोप सुनिश्चितता पालिका घोषणा

दोलखा- जिल्लाको मेलुङ गाउँपालिकाले नियमित खोप सुनिश्चितता पालिका घोषणा गरेको

संसद् स्थगनप्रति कांग्रेसको कडा आपत्ति, सुकुम्वासीमाथि बल प्रयोग नगर्न आग्रह

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक