प्रसाईंको रिटमा सर्वोच्चले सरकारसँग सोध्यो थुन्नुको कारण « Khabarhub

प्रसाईंको रिटमा सर्वोच्चले सरकारसँग सोध्यो थुन्नुको कारण


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतले सरकारसँग कारण सोधेकोछ ।

सर्वोच्चले आइतबार प्रसाईंलाई थुन्नुको कारण सोध्दै बन्दीसहित उपस्थित हुन सरकारको नाममा आदेश जारी गरेको छ ।

साइबर अपराध मुद्दामा थुनामा रहेका मेडिकल व्यवसायी प्रसाईंको हकमा उनका छोरा निराजनले गैरकानुनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरण रिट हालेका थिए ।

न्यायाधीश मनोजकुमार शर्माको इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चले सरकारको नाममा कारण देखाउ आदेश जारी गर्दै बन्दीसहित उपस्थित हुन भनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित टेलिकममा ३२ अर्ब रुपैयाँ लगानी रहेको भनेर फेक भिडियो बनाएपछि प्रसाईं समातिएका थिए । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले भक्तपुरस्थित घरबाटै पक्राउ गरेर हिरासतमा लिएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  २ : ४० बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी