ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टलमा विशेष छुट  « Khabarhub

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टलमा विशेष छुट 


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् ।

यससम्बन्धी सम्झौतामा बैङ्कका ट्रान्जेक्सन बैंकिङ्ग सेल्स तथा विजनेश प्रमुख प्रकाश पौडेल र समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले हस्ताक्षर गरेका छन् ।

बैंकको क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १२ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न मिल्ने सेवा (ईएमआई) समेत प्रदान गर्ने सम्झौता भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्झौताअनुसार बैङ्कका ग्राहकहरुले समाज डेन्टलमा बैंकको डेबिट/ क्रेडिट कार्ड र ग्लोबल स्मार्ट प्लस मार्फत भुक्तानी गर्दा ओपीडी दर्ता शुल्क, डाक्टरको परामर्श शुल्क र अस्पतालको आजीवन सदस्यता शुल्कमा शतप्रतिशत छुट पाउनेछन् ।  यसका साथै, बैङ्कका ग्राहकले एक्स-रे बाहेकका सम्पूर्ण सेवा शुल्कमा एकमुष्ट १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

बैङ्कका अनुसार किस्ताबन्दी सेवाअन्तर्गत क्रेडिट कार्डवाहकले अस्पतालमा उपचार बापत खर्च १५ हजारदेखि अधिकतम पाँच लाखसम्मको बिलमा ६ देखि १२ महिनासम्मको सरल किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन् ।

यस्ता विभिन्न किसिमका सुविधाहरूको उपभोग गर्न इच्छुकले बैंकको जुनसुकै शाखाबाट आवेदन दिई बैंकको क्रेडिट कार्ड लिन सक्नेछन् ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  २ : ४६ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद